काठमाडौंमा वायु प्रदूषणको मुख्य स्रोत सवारी साधन !
नेपालबहस संवाददाता
पुस २७, २०७७ सोमबार २०:२३:१५
२७ पुष, काठमाडौं । काठमाडौंमा साँझ परेपछि प्रदूषणको जोखिम बढी हुने एक तथ्यांकले देखाएको छ । ३ जनवरी अर्थात् पौष १९ गते आइतबारसम्म ललितपुरको भैंसेपाटी स्टेसनले मापन गरेको वायुमा प्रदूषणको मात्रा सामान्य अवस्थामा रहेकाे थियाे ।
२.५ माइक्रोन वा सोभन्दा साना हानिकारक कणयुक्त हावाको अवस्था औषतमा १०० देखि १५० माइक्रोग्राम प्रतिघनमिटरको बीचमा थियो । वातावरण विभागका अधिकारीहरु यो अवस्था जाडो मौसममा नियमित हुने भन्दै यसलाई सामान्य अवस्थाको रुपमा लिनुपर्ने बताउँछन् । काठमाडौं उपत्यकामा अघिल्ला वर्षहरुमा अधिकतम भनेको नै २०० माइक्रोग्राम प्रतिघनमिटरसम्म पुगेको प्रदूषण हावा गुम्सिएर एक्कासी आकासिएको हाे ।
तथ्यांक अनुसार भैंसेपाटी क्षेत्रमा साँझ ७ बजेपछि प्रदूषणको मात्रा बढ्ने गर्छ । पुष २० गते सोमबार साँझ ७ बजे सबैभन्दा धेरै ३७६.१९ माइक्रोग्राम प्रतिघनमिटर रेकर्ड गरिएको थियो । यसको बढ्ने क्रम भने दिउँसो १ बजेदेखि नै सुरु भएको वातावरण विभागको तथ्यांकले जनाएको छ । त्यसो त अघिल्ला दिनमा पनि रातिको समयमा दिउँसोको भन्दा धेरै प्रदूषण हुने गरेको तथ्यांकले देखाएको छ ।
अर्कोतर्फ रत्नपार्कको प्रदूषणले पनि झण्डैझण्डै भैंसेपाटीको तथ्यांकलाई भेटेको छ । २० पुषमा सोमबार राति ९ बजे रत्नपार्कको वायु प्रदूषण ३६८ माइक्रोग्राम प्रतिघनमिटरको बिन्दुमा पुगेको थियो । त्यसो त रत्नपार्कको हावाले शनिबारदेखि नै वायु प्रदूषण बढ्न थालेको संकेत दिइसकेको थियो । शनिबार राति ८ बजे रत्नपार्कको हावामा २०८.४० माइक्रोग्राम प्रतिघनमिटर प्रदूषणको मात्रा रेकर्ड गरिएको थियो । रत्नपार्कमा साँझदेखि रातिसम्म प्रदूषण बढी हुने गरेको तथ्यांकले देखाएको छ ।
शनिबार र आइतबार सामान्य बढेको प्रदूषणको मात्रा अपराहृन ४ बजे एक्कासी १९७ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको थियो । सोमबार साँझ ७ बजे एक्कासी रत्नपार्क क्षेत्रको प्रदूषणको मात्रा ३१९.०४ माइक्रोग्राम प्रतिघनमिटर पुग्यो । सो क्रम राति ८ बजे ३४१.६४ पुगेकोमा राति ९ बजे सबैभन्दा धेरै ३६८.४५माइक्रोग्राम प्रतिघनमिटर पुगेको थियो ।
भैंसेपाटी र रत्नपार्कको वायु प्रदूषणले नेटो काटिरहँदा भक्तपुरमा भने वायुप्रदूषणको अवस्था त्यति डरलाग्दो थिएन । २० पुस, सोमबार भक्तपुरमा सबैभन्दा धेरै प्रदूषण मापन राति ८ बजे २७०.४० माइक्रोग्राम प्रतिघनमिटर रेकर्ड गरिएको थियो ।
काठमाडौंमा वायु प्रदूषणको मुख्य स्रोत अहिले पनि सवारीसाधन नै रहेको वातावरण विभाग जनाउँछ । पछिल्लो समय यस विषयमा व्यवस्थित अध्ययन नभएको भए पनि प्रदूषणको मुख्य स्रोत सवारी साधन नै रहेको वातावरण विभागले जनाएकाे छ ।
एयर क्वालिटी स्टाटस एण्ड म्यानेजमेन्ट इन काठमाडौं भ्याली शीर्षकमा गरिएको एक अध्ययनले वायु प्रदूषणसम्बन्धी पीएम १० को मुख्य स्रोतहरुमा ३८ प्रतिशत जिम्मेवार सवारी साधन, २५ प्रतिशत जिम्मेवार फोहोरमैला, पराललगायत कृषिजन्य सामग्री आगो लगाउँदा १८प्रतिशत र इँटा भट्टाबाट निस्कने धुवाँले वायु प्रदूषणमा ११ प्रतिशत भूमिका खेल्ने गरेको उल्लेख थियो ।
त्यस्तै, अन्य उद्योगहरुले प्रदूषणमा ३ प्रतिशत र अन्य शीर्षकमा ४ प्रतिशत भूमिका वायुप्रदूषणमा हुने गरेको उल्लेख गरिएको थियो । जाडो मौसममा आगो बाल्दा आउने धुवाँले पनि प्रदूषणमा महत्वपूर्ण भूमिका खेल्ने गरेको वातावरण विभागले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै
बैशाख १४, २०८१ शुक्रबार
विश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
७७ वटै जिप्रकालाई गृहको पत्र, ‘रूग्ण र अलपत्र आयोजनाको विवरण पठाउनू’
बैशाख १४, २०८१ शुक्रबार
राजधानीको सुन्दरता बढाउने फूल ज्याकारान्डा ( फोटोफिचर )
बैशाख १४, २०८१ शुक्रबार
धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
बैशाख १४, २०८१ शुक्रबार
अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार
बैशाख १४, २०८१ शुक्रबार
शनिदेवको पूजामा गल्तीले पनि नगर्नुहोस् यी चिजको प्रयोग
बैशाख १४, २०८१ शुक्रबार
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
बैशाख १४, २०८१ शुक्रबार