आइतबार , माघ ४, २०७७

आज थोरैले वृद्धि भएको बजारलाई विश्लेषण गरेर हेर्दा ?

आज थोरैले वृद्धि भएको बजारलाई विश्लेषण गरेर हेर्दा ?

पुष २७, काठमाडाैं । आज नेप्से परिसूचक ३ दशमलव ७० अंकले वृद्धि हुँदै २२३९ दशमलव ४२ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक शुन्य दशमलव १७ प्रतिशतले वृद्धि भएकोमा ५ अर्ब ५२ करोडको शेयर कारोवार भएको छ ।

दोश्रो बजार २२६४ को विन्दुमा खुलेकोमा २२६६ को उच्च विन्दुसम्म पुगेको थियो । नेप्सेको आज न्यून विन्दु २२२९ रहेको छ । बजारमा आज थोरै अंकको  वृद्धि भएपनि आजको मैनवत्ति भने रातो भएको छ । बजार खुल्दा माथिल्लो विन्दुमा खुलेको र बन्द हुँदा खुला विन्दु भन्दा मुनि खुलेकोले आजको मैनवत्ति रातो हुन पुगेको हाे ।

यसको अर्थ बजारमा केही बिक्रीकर्ताले नाफा बुक गरेको देख्न सकिन्छ । वाणिज्य बैंक उपसुचकमा हिजोको आक्रामक वृद्धिमा आज भने थोरै बिक्री चाप देखिएको छ ।

हिजो आक्रामक रुपमा वृद्धि भएको बजारमा आज थोरै बिक्रीकर्ता दावी हुनुलाई सामान्य रुपमा लिन सकिन्छ ।

आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :

आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :

आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :

(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय