आइतबार , माघ ४, २०७७

दुर्गमका नागरिकले घरआगनमै पहिलो पटक विशेषज्ञ सेवा पाए

दुर्गमका नागरिकले घरआगनमै पहिलो पटक विशेषज्ञ सेवा पाए

२८ पुष, रुकुम ‘पूर्व’ । रुकुम पूर्वको सिस्ने गाउँपालिका–१का नागरिकले घरआगनमा पहिलो पटक विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । मुख्यमन्त्री ग्रामीण तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग र फेमस पोलिक्लिनिक त्रिवेणी गाउँपालिका रुकुम –पश्चिमको प्राविधिक सहयोगमा स्वास्थ्य शिविरमा स्थानीयले सेवा पाएका हुन् ।

दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट दईसय २१ ले सेवा पाएका थिए । शिविरमा सेवा लिनेमा पुरुष भन्दा महिलाको संख्या दोब्बर भन्दा बढी रहेको छ । शिविरबाट ७० पुरुष र एक सय ५१ जना महिलाले सेवा लिएका कार्यक्रमका संयोजक लिलामणि गौतमले जानकारी दिए । शिविरमा भिडियो एक्सरे गरिनुका साथै स्त्री रोग सम्बन्धी सम्पूर्ण रोगहको जाँच तथा उपचार, मुटुरोग, रगत, मधुमेह, रगत, खकार जाँच समेत गरिएको थियो ।

शिविरमा ८० को भिडियो एक्सरे गरिएको थियो । पाठेघर सम्बन्धि समस्या भएका नौलाई नेपालगञ्ज रिफर गरिएको छ । उनीहरुको त्यहाँ निशुल्क उपचार गरिने छ । यस्तै दुईमा एचआइभी पोजेटीभ देखिएको छ भने एक जना हेपाटाइटीसका बिरामी फेला परेका छन् । शिविरमा सबैभन्दा बढी पाठेघर बाहिर निस्केका र सुत्केरी हुँदा पाठेघर च्यातिएर अहिलेसम्म पनि पानी र रगत बगिरहने समस्याका बिरामी भेटिएका उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिएका छन् । एचआइभी पोजेटीभ देखिएका दुई जनालाई भने रुकुम –पूर्व अस्पतालमा रिफर गरिएको छ ।

शिविरमा स्त्री रोग विशेषज्ञ डा रामकुमार दास, जनरल फिजिसीयन डा अरविन्दकुमार यादव लगायत अन्य स्वास्थ्यकर्मीले सेवा प्रदान गर्नुभएको थियो । जिल्लाको दुर्गम क्षेत्रमा सञ्चालन गरिएको उक्त शिविर त्यहाँका नागरिकको लागि वरदान सावित भएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिए ।

सदरमुकाम आउन पनि हिडेर एकदेखि दुई दिनसम्म लाग्ने त्यहाँका नागरिकलाई घरआगनमै गएर स्वास्थ्य सेवा दिएपछि खुशी भएका छन् । निरन्तरको दुई दिनको पैदल यात्रापछि स्वास्थ्यकर्मीको टोली वडा नं १ को भट्टेचारैमा पुगेर शिविर सञ्चालन गरेको हो भने औषधी पनि बोकेरै पु¥याइएको हो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

किशोरकिशोरी मैत्री सूचना कर्नर सञ्चालन नमूना कार्यविधि २०७७ स्वीकृत किशोरकिशोरी मैत्री सूचना कर्नर सञ्चालन नमूना कार्यविधि २०७७ स्वीकृत २१ घण्टा पहिले
कांग्रेस स्वार्थका लागि लड्ने पार्टी होइन, चुनावमा जान कुनै हतार छैन : वरिष्ठ नेता पौडेल कांग्रेस स्वार्थका लागि लड्ने पार्टी होइन, चुनावमा जान कुनै हतार छैन : वरिष्ठ नेता पौडेल २४ घण्टा पहिले
बिहान बेलुका तुसारो, दिउँसो सिरेठो बढेपछि विद्यालय बन्द बिहान बेलुका तुसारो, दिउँसो सिरेठो बढेपछि विद्यालय बन्द २२ घण्टा पहिले
नेपालका १० जना पर्वतारोहीले हिउँदमा आरोहणको कीर्तिमान रचे नेपालका १० जना पर्वतारोहीले हिउँदमा आरोहणको कीर्तिमान रचे १५ घण्टा पहिले
सौराहा आएका पर्यटकलाई तस्वीर खिच्न ‘सेल्फी प्वाइन्ट’ सौराहा आएका पर्यटकलाई तस्वीर खिच्न ‘सेल्फी प्वाइन्ट’ २३ घण्टा पहिले
रविको अध्यक्षतामा गण्डकी ट्रक यातायात व्यवसायी संघमा निर्विरोध कार्यसमिति निर्वाचित रविको अध्यक्षतामा गण्डकी ट्रक यातायात व्यवसायी संघमा निर्विरोध कार्यसमिति निर्वाचित २० घण्टा पहिले
भोलिदेखि सिंगटी हाइड्रो इनर्जीकाे १४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन हुँदै भोलिदेखि सिंगटी हाइड्रो इनर्जीकाे १४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन हुँदै १८ घण्टा पहिले
नेप्सेमा दुई वाणिज्य बैंकको २ करोड २० लाख कित्ता बोनस सेयर सूचिकृत नेप्सेमा दुई वाणिज्य बैंकको २ करोड २० लाख कित्ता बोनस सेयर सूचिकृत २४ घण्टा पहिले