आयल निगमको खुद नाफा रु १२ अर्ब ९१ करोड ४८ लाख
नेपालबहस संवाददाता
पुस २८, २०७७ बुधबार ३:५७:३३
२८ पुष, काठमाडौं । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६/०७७ मा खुद नाफा रु १२ अर्ब ९१ करोड ४८ लाख गरेको जनाएको छ । निगम सञ्चालक समितिको ३९ औंँ वार्षिक साधारणसभामा निगम सञ्चालक समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले उक्त प्रतिवेदन प्रस्तुत गरेको निगमले जनाएको छ ।
निगमले नाफा रकमबाट निगमका शेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत बराबरको नगद लाभांश रु दुई अर्ब २० करोड वितरण गर्न साधारणसभाले स्वीकृति प्रदान गरेको थियो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आव २०७६–७७ को लेखापरीक्षणसमेतका वित्तीय विवरण पहिलो पटक नेपाल वित्त रिपोर्टिङ मापदण्ड ९एनएफआरएस० अनुसार तयार पारिएको हो ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले साधारणसभामा निगमले गरिरहेका सुधारका विविध पक्षबारे जानकारी गराउँदै निगमलाई पूर्ण कप्युटरकृत स्वचालित विधिमा रुपान्तरण गरी देशकै नमूनायोग्य संस्थामा रुपान्तरण गर्न प्राप्त सहयोग र हौसलाप्रति सबैमा आभार व्यक्त गरेका थिए ।
निगम व्यवस्थापनले निगमको साधारणसभा सम्पन्न गर्न सहयोग पु¥याउने उद्योगमन्त्री लेखराज भट्ट र राज्यमन्त्री विमला विक, सचिव डा अर्याल, शेयरधनी प्रतिनिधि, सञ्चालक समितिका पदाधिकारी, लेखापरीक्षक, निगमका कर्मचारी एवं व्यवसायीलाई धन्यवादसमेत दिएको प्रवक्ता उपाध्यायले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध ठहरियो एनसेलको कारोबार, शेयर बिक्री प्रक्रिया अस्वीकृति
बैशाख १४, २०८१ शुक्रबार
धनकुटाको पहिचान तथा कोसेली नरिवल बिस्कुट
बैशाख १२, २०८१ बुधबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार