मंगलबार , माघ ६, २०७७

युट्युबद्वारा राष्ट्रपति ट्रम्पको खाता एक साता निलम्बन

युट्युबद्वारा राष्ट्रपति ट्रम्पको खाता एक साता निलम्बन

२९ पुष, वासिङ्टन । गूगलको स्वामित्वमा रहेको युट्युबले राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानललाई एक साताका लागि निलम्बन गरिदिएको जनाएको छ । साथै आफ्नो नीति विपरीत हिंसा भड्काउने किसिमको उत्तेजक सामग्री पोस्ट गरेको जनाउँदै युट्युबले ती सामग्री पनि हटाइदिएको छ ।

गत साता अमेरिकी संसद क्यापिटोलमा भएको ट्रम्प समर्थकको आक्रमणपछि ट्वीटर र फेसबुकले ट्रम्पका निजी खाता ‘अकाउन्ट’ बन्द गरिदिएका छन् । अमेरिकी ठूला प्रविधि कम्पनीहरुले राष्ट्रपति निर्वाचित जो बाइडेन विरुद्ध राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली गरेको भन्दै आधारहीन आरोप लगाएको भन्दै विरोध पनि गरेका छन् ।

युट्युबले एक वक्तव्य जारी गर्दै भनेको छ, “हिंसा भड्किने सम्भावना अझै देखिएको सन्दर्भमा हामीले डोनाल्ड ट्रम्पको युट्युब च्यानलमा पोस्ट गरिएका सामग्री हटाइएको छ ।”

ट्वीटरले ट्रम्पका कट्टर समर्थक मानिएको क्यूएनोन समूहसँग आबद्ध ७० हजारभन्दा बढी खाता पनि बन्द गरिदिएको छ । साथै स्नापच्याट र ट्वीचले पनि ट्रम्पका सामग्री पोस्ट गर्नबाट निलम्बन गरिदिएका छन् । राष्ट्रपति ट्रम्पको युट्युब च्यानलमा २७ लाख ७० हजार ग्राहक, समर्थक रहेका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

शेयरधनीलाई सबैभन्दा खुशी बाँड्ने वाणिज्य बैंक बन्याे नबिल बैंक शेयरधनीलाई सबैभन्दा खुशी बाँड्ने वाणिज्य बैंक बन्याे नबिल बैंक ९ घण्टा पहिले
ग्राहक लुटपाट गरेका सिनेट क्लबका मालिकलाई प्रहरीले पक्राउ गरेर पनि किन छाड्यो ? ग्राहक लुटपाट गरेका सिनेट क्लबका मालिकलाई प्रहरीले पक्राउ गरेर पनि किन छाड्यो ? २ दिन पहिले
पृथ्वीनारायण शाहको योगदान र भुमिकाको स्मरण गर्दै श्रद्धा सुमन : कमल थापा पृथ्वीनारायण शाहको योगदान र भुमिकाको स्मरण गर्दै श्रद्धा सुमन : कमल थापा ७ दिन पहिले
नेविसंघको एउटै स्वर, सरकार भित्र चोरै–चोर ! नेविसंघको एउटै स्वर, सरकार भित्र चोरै–चोर ! ४ दिन पहिले
अमेरिकी इतिहासमा दुई पटकसम्म महाभियोग लाग्ने पहिलो राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमा दुई पटकसम्म महाभियोग लाग्ने पहिलो राष्ट्रपति ट्रम्प ५ दिन पहिले
एम्बुलेन्स र अटो ठोकिँदा दुईको निधन, तीन घाइते एम्बुलेन्स र अटो ठोकिँदा दुईको निधन, तीन घाइते १५ घण्टा पहिले
चन्द्रागिरि हिल्स कम्पनीको आईपीओ बाँडफाँड बारे यस्तो भन्छ-बिक्री प्रबन्धक ? चन्द्रागिरि हिल्स कम्पनीको आईपीओ बाँडफाँड बारे यस्तो भन्छ-बिक्री प्रबन्धक ? २ दिन पहिले
दुई करोड ७९ लाख लागतमा चरीघ्याङ गुम्बा पुनःनिर्माण सम्पन्न दुई करोड ७९ लाख लागतमा चरीघ्याङ गुम्बा पुनःनिर्माण सम्पन्न १३ घण्टा पहिले