हत्या गरेको अभियोगमा २ जना पक्राउ
नेपालबहस संवाददाता
पुस २९, २०७७ बुधबार २०:५१:११
२९ पुष, काठमाडौं । प्रहरीले हत्या गरेको अभियोगमा छुट्टाछुट्टै जिल्लाबाट दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं, चन्द्रागिरी नगरपालिका-४ थानकोट घुमाउने बस्ने ५२ वर्षीय होम बहादुर सुधारको हत्या गरेको अभियोगमा सोही नगरपालिका-२ मसिने बस्ने २३ वर्षीय रामकृष्ण तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
घुमाउनेस्थित टहराको आँगनमा होम बहादुर अचेत अवस्थामा रहेको भनी रामकृष्णले खबर गर्नासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले घाईतेलाई उपचारको लागि शहिद मेमोरियल अस्पताल कलंकी पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको थप अनुसन्धान गर्नेक्रममा रामकृष्णले लेनदेनको विषयमा विवाद हुँदा कोदालोको बिडले प्रहार गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
रामेछाप, गोकुलगंगा गाउँपालिका-३ रस्नालु बस्ने ५३ वर्षीय मेरमान विकको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय साङगा शेर्पालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
साङगाको दाईको बारी जोतेको स्थानमा गत शनिबार मेरमानले मादक पदार्थ सेवन गरी गाली गरेको बिषयमा साङगाले कुटपिट गर्दा घाइते भएका मेरमानको मन्थली नगरपालिका-१ तामाकोशी अस्पताल हुँदै शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा थप उपचारको क्रममा मंगलबार राति मृत्यु भएको थियो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दुक तथा धारिलो हतियार देखाई चोरी गर्ने दुई जना पक्राउ
जेठ १, २०८१ मंगलबार
स्ट्रिप च्याट मार्फत अश्लिल यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला पक्राउ
जेठ १, २०८१ मंगलबार
टर्की पठाउने भन्दै ४ करोड ३४ लाख रूपैयाँ ठगी गर्ने पक्राउ
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
काँग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीपको लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार