आइतबार , माघ ४, २०७७

अब केपी काम्रेड रहेनन् : अष्टलक्ष्मी

अब केपी काम्रेड रहेनन् : अष्टलक्ष्मी

२९ पुष, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले अब प्रधानमन्त्री केपी ओली कम्युनिष्ट नरहेकाले कम्रेड नभन्ने उद्घोष गरेकी छन् ।  पार्टीद्वारा बुधबार आयोजित बाग्मती प्रदेशस्तरीय भेलालाई संबोधन गर्दै स्थायी कमिटी सदस्यसमेत रहेकी नेतृ शाक्यले ओली प्रतिगमनकारी, स्वेच्छाचारी र तानाशाही बाटोमा अग्रसर भएकाले उनलाई कम्रेड नभन्ने प्रष्ट पारेकी छन् ।

कम्युनिष्टको नाममा एउटा धब्बाका रुपमा देखिएका ओलीबाट अग्रगमन र विकास सम्भव नभएकाले राजधानीबासी तात्नुपर्ने अवस्था आएको उनले बताइन् । राजधानी धत्तपत्त तात्तैन , तातेपछि सेलाउँदैन भन्दै उनले थपिन्–ओलीको स्वेच्छाचारितालाई परास्त गर्न र देशलाई अग्रगमनतर्फ उन्मुख गराउन ओलीलाई कुर्सीबाट गलहत्याउनुपर्ने भएकोछ ।

साथै,नेपाली जनताले बलिदान गरेर ल्याएको नेपालको संविधानको चीर हरण गर्ने ओलीलाई तत्कालै सत्ताबाट हटाएर परिवर्तनबाट प्राप्त उपलव्धिको रक्षा गर्नुपर्नेमा उनले जोड दिइन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय