ओलीको भेला कमेडी शो
नेपालबहस संवाददाता
पुस २९, २०७७ बुधबार २१:२८:४८
२९ पुष, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको राजनीतिलाई प्रहसन र कमेडी शोका रुपमा प्रस्तुत गर्न प्रधानमन्त्री केपी ओली उद्यत् रहेको बताएका छन् । आफू पक्षीय काठमाडौ जिल्लास्तरीय भेलाको आज राजधानीमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने–हिजोआज ओली समूहका भेलाहरु प्रहशन र कमेडी शोका रुपमा देखापरेका छन् ।
तर आफूहरु भने देशको राजनीतिलाई सही दिशामा लैजान संघर्षको मैदानमा खडा भएको दाबी गर्दै भने–नेपाली जनताले ७० वर्ष आन्दोलन गरी प्राप्त संघीयता र गणतन्त्र ओलीले खोस्न खोजेका छन्, त्यसका विरुद्ध जनता सडकमा ओर्लिएका छन् ।
जनताको नासोका रुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न जनता फेरि सडकमा आउनुपर्ने वाध्यता सिर्जना गर्ने ओलीलाई अब सत्ताबाट गलहत्याउनुको विकल्प नरहेकोपनि अध्यक्ष प्रचण्डले स्पष्ट गरेका छन् । अहिलेको अवस्थामा कसरी अगाडि बढ्ने र ओलीको निरंकुशतालाई कसरी परास्त गर्ने भन्ने विषयमै कार्यकर्ताहरुसँग अन्तक्र्रिया गर्न लागेकोसमेत उनले उल्लेख गरे ।
देश यस्तो गम्भिर मोडमा छ, तर ओलीहरु भने मानिस भेला पारेर प्रहशन र कमेडी शो गर्न लागिपरेका छन्, त्यसैले न्यायप्रेमी जनताले ओलीको निरंकुशतन्त्रलाई घुँडा टेकाउनै पर्छ – अध्यक्ष प्रचण्डले भने । अहिलेको जटिल अवस्थामा राजधानीवासीले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिंदै अध्यक्ष प्रचण्डले भने – काठमाडौं जाग्यो भने ओलीहरुको केही लाग्नेवाला छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार