आइतबार , माघ ४, २०७७

महिला उद्यमशीलता कोष स्थापना

महिला उद्यमशीलता कोष स्थापना

२९ पुष, काठमाडौं । महिला उद्यमीहरुको छाता संस्था महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमशीलता कोष स्थापना गरेको छ । महासङ्घको १७औँ वार्षिक साधारणसभाका अवसरमा आज संस्थाका अध्यक्ष रीता सिंह वैद्यले महिलाको उद्यमशीलता विकासका लागि ‘मेरो सहयोग उद्यमशीलता विकास’ भन्ने सोचका साथ संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषमा रकम जम्मा गर्न शुरु भएको जानकारी दिए ।

कोषबाट महिला उद्यमीको व्यवसायको बजारीकरण, सङ्कलन केन्द्र, व्यापार प्रवद्र्धन निर्यात तथा रोजगार सिर्जना गर्न रकम खर्च गरिने जानकारी दिए । सभाका अवसरमा महासङ्घको यस वर्षको उत्कृष्ट जिल्ला सङ्घ पुरस्कार झापा, चितवन, पाल्पा र इलाम जिल्लालाई प्रदान गरियो । उत्कृष्ट सदस्यमा सरोजनी शेरचन र उत्कृष्ट कर्मचारीमा राजु राईलाई पुरस्कृत गरिएको थियो । सभामा महासचिव सुनिता श्रेष्ठ वैद्यले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन छलफलसहित पारित भएको थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बैंकको एटिएम बुथको ढोका फुटाउँदै गर्दा तीनजना पक्राउ बैंकको एटिएम बुथको ढोका फुटाउँदै गर्दा तीनजना पक्राउ १६ घण्टा पहिले
नेविसंघको एउटै स्वर, सरकार भित्र चोरै–चोर ! नेविसंघको एउटै स्वर, सरकार भित्र चोरै–चोर ! ३ दिन पहिले
सिटिजन्सले ल्यायाे इन्स्टा बाइ योजना, किस्ताबन्दीमा वस्तु एवं सेवा खरिद गर्न सकिने सिटिजन्सले ल्यायाे इन्स्टा बाइ योजना, किस्ताबन्दीमा वस्तु एवं सेवा खरिद गर्न सकिने २ दिन पहिले
आजदेखि नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक सुरु हुँदै, सीमा विषयमा छलफल नगर्ने संकेत आजदेखि नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक सुरु हुँदै, सीमा विषयमा छलफल नगर्ने संकेत २ दिन पहिले
जापान सरकारले संकटकालको क्षेत्र बढाउने जापान सरकारले संकटकालको क्षेत्र बढाउने ५ दिन पहिले
बामदेवकाे गोरु ब्याउने अभियान कि तेस्रो धार निर्माण ? बामदेवकाे गोरु ब्याउने अभियान कि तेस्रो धार निर्माण ? ७ दिन पहिले
तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान हुँदै तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान हुँदै ५ दिन पहिले
चीन पुगेपछि डब्ल्यूएचओका विशेषज्ञ टोली क्वारेन्टाइनमा चीन पुगेपछि डब्ल्यूएचओका विशेषज्ञ टोली क्वारेन्टाइनमा २ दिन पहिले