
२९ पुष, काठमाडाैं । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले कुनै हालतमा पनि अहिले चुनावका पक्षमा नभएकाे बताएकी छिन् । रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा नेत्री कोइरालाले भनिन, “हामी कुनै हालतमा पनि अहिले चुनावका पक्षमा छैनौँ, समय अगावै चुनाव गराउने कार्य प्रजातान्त्रिक होइन, संविधानको प्रावधानअनुसार प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ, विकल्प छैन ।’’
नेत्री कोइरालाले संविधानमै प्रतिनिधिसभा एक कार्यकालका लागि पाँच वर्ष तोकिएकाले उक्त अवधि अगावै हुने निर्वाचनका पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेकी छिन् । यहाँ आज आयोजित साक्षात्कारमा पूर्वउपप्रधानमन्त्री कोइरालाले अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा निर्णय सुनाउने विश्वास व्यक्त गरिन ।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 0 मिनेट