मंगलबार , माघ ६, २०७७

लागूऔषध ब्राउनसुगरसहित श्रीमान-श्रीमती नियन्त्रणमा

लागूऔषध ब्राउनसुगरसहित श्रीमान-श्रीमती नियन्त्रणमा

२९ पुष, झापा । झापाको मेचीनगरबाट लागूऔषध ब्राउनसुगरसहित श्रीमान-श्रीमती पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-१ बाहुनडाँगी बस्ने २१ वर्षीय सुजन राजपुत र उनकी १८ वर्षीय श्रीमती पुजा राजपुत ‘मगर’ रहेका छन् । मेचीनगर नगरपालिका-३ चारआली बजारबाट दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

थापाका अनुसार जिल्ला प्रहरी कार्यालय झापा, प्रहरी चौकी चारआली र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १० ग्राम ब्राउन सुगर बरामद गरेको हो ।दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको थापाले बताए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय