नेविसंघको एउटै स्वर, सरकार भित्र चोरै–चोर !
नेपालबहस संवाददाता
माघ १, २०७७ शुक्रबार ०:४३:८
१ माघ, काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांंग्रेस सम्बद्ध विद्यार्थी संगठन नेविसंघले बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ । संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै शंकरदेव क्याम्पसका नेविसंघ सम्बद्ध बिद्यार्थीहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी बिद्यार्थीहरुले मुखमा कालो मास्क, निधारमा कालो फिता र त्यसमा नारा लेखेर प्रदर्शन गरेका थिए भने शरीरमा नारा लेखिएको कालो कपडा लगाएका थिए । युवा विद्यार्थीले ‘भ्रस्टाचारी केपी ओली मुर्दावाद, खोक्रो राष्ट्रवाद बन्द गर, असंवैधानिक कदम खारेज गर, विद्यार्थीको एउटै स्वर सरकार भित्र चोरै–चोर’ जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।
बिरोध सभालाई सम्बोधन गर्दै नेबिसंघ महामन्त्री बलदेव तिमल्सिनाले केपी ओलीले ब्याप्त भ्रष्टाचार लुकाउन र खुलेआम भ्रष्टाचार गर्न संविधान विपरित प्रधानमन्त्रीले संसद विघटन गरेको भन्दै अहिलेको कदम अधिनायकवाद र प्रतिगामी भएकोले विरोधका कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् ।
नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पसद्वारा आयोजित प्रतिकात्मक बिरोध प्रदर्शन कार्यक्रमको सम्योजन नेता दीपक ओझाले गरेका थिए भने बिभिन्न रचनात्मक तथा प्रतिकात्मक नाराहरुसहित कालो कपडाले शरीर बेरेर संघका नेताहरु दीपक ओझा, सुदिप बनाडी, दिल सैनाई ,सुनिल पराजुली,आदित्य काफ्ले समेत ५ जना सडकमा सुतेका थिए ।
संघका नेता मिलन खतिवडाले संचालन गरेको बिरोध सभामा संघका महामन्त्री युवराज पाण्डे, पुर्ब केन्द्रीय सदस्यहरु सुशील भट्ट, रत्नहरी ढुंगेल, नेताहरू बिपिन अधिकारी लगाएतले असंबैधानिक कदमका बिरुद्ध सशक्त प्रतिवाद गर्नुपर्ने बताएका थिए । नेबिसंघले भोलि केन्द्रीय परिपत्र बमोजिम भोलि देशैभर दौड जुलुस गर्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली युवकको मलेसियामा मृत्यु
बैशाख ३१, २०८१ सोमबार
आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने
बैशाख ३१, २०८१ सोमबार
स्वास्थ्य क्षेत्रका सहयोगदाता निक साइमन्सका पिताको निधन
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार