हालसम्ममा कति जनाले बुझे कोरोना बीमा दाबी भुक्तानी ?
नेपालबहस संवाददाता
माघ २, २०७७ शुक्रबार १६:५४:४५
२ माघ, काठमाडौं । बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्ममा २५ हजार ३ सय १३ जनाले कोरोना बीमा भुक्तानी पाएका छन् । हालसम्म २ अर्ब ४६ करोड सात लाख रुपैयाँ दावी भुक्तानी भइसकेको बीमा समितिले जनाएको छ ।
समितिका अनुसार कूल १० हजार ९ सय ७३ जनाको फाईल प्रमाणिकरण भई दावी भुक्तानीको चरणमा रहेको छ । बीमा समितिले पुस २९ गतेसम्मको कोरोना बीमा दाबी भुक्तानी विवरण सार्वजनिक गर्दै यस्तो जनाएको हो । विवरण अनुसार १८३ जनाको कोरोना बीमा दावी दोहोरो परेका कारण दावी नदिने निर्णय गरेको छ । कोरोना भाइरसबाट संक्रमित भई कोरोना बीमा दावी प्रस्तुत गरेका ५१ हजार ७१७ जनाको फाइल बीमा पुलले सदर गरेको छ ।
समितिका अनुसार ३ हजार ७३९ जनाको दावी प्रक्रियामा रहेको, ८ हजार ४० जनाको बीमा दावी स्वास्थ्य सेवा विभागमा प्रमाणिकरणको क्रममा रहेको, ७४७ जनाको फाईल स्वास्थ्य सेवा विभागमा पठाउन तयारी अवस्थामा रहेको र २ हजार ७२१ जनाको फाइल आवश्यक कागजात नपुगेका कारण सम्बन्धित कम्पनीमै फिर्ता गरिएको बीमा समितिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
बीमा अभिकर्ताको तालिम सम्पन्न, सहभागीको उत्साहजनक सहभागिता
चैत १८, २०८० आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने
बैशाख १४, २०८१ शुक्रबार
महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै
बैशाख १४, २०८१ शुक्रबार
उदयपुरको रौतामा आगलागी हुँदा ५० लाख बराबरको क्षति
बैशाख १४, २०८१ शुक्रबार
चेपाङ आवास कार्यक्रमः इच्छाकामनाका २२ घर निर्माण
बैशाख १४, २०८१ शुक्रबार
भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार
बैशाख १४, २०८१ शुक्रबार
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख १४, २०८१ शुक्रबार