१९ खर्ब डलरको कोरोना राहत योजना
नेपालबहस संवाददाता
माघ २, २०७७ शुक्रबार १९:२२:१
२ माघ, एजेन्सी । अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडनले १९ खर्ब (१.९ ट्रिलियन) डलरको प्रोत्साहन प्याकेजको घोषणा गरेका छन्। यो प्रोत्साहन प्याकेज कोभिड–१९ महामारीबाट अर्थव्यवस्थामा आएको सुस्तताबाट बाहिर निस्कनका लागि घोषणा गरिएको हो।
बाइडनले औपचारिक रुपमा सत्ता हातमा लिनुभन्दा पहिले उक्त प्याकेजको घोषणा गरेका हुन्। बाइडनले आगामी साता अमेरिकी राष्ट्रपति पदका लागि सपथ ग्रहण गर्दैछन्।
यदि उक्त प्याकेजमा अमेरिकी कंग्रेसको स्वीकृती प्राप्त भयो भने एक ट्रिलियन डलर अमेरिकी परिवारका लागि हुनेछ, जुन सिधै सबै अमेरिकी नागरिकहरुलाई १ हजार ४०० डलरका दरले प्राप्त हुनेछ।
उक्त राहत प्याकेजमा ४ अर्ब १५ अर्ब डलर कोरोना भाइरस नियन्त्रणका लागि र ४ खर्ब ४० अर्ब डलर साना व्यवसायीहरुको सहायताका लागि हुनेछ।
डेमोक्रेटिक पार्टीका जो बाइडनले कोरोना भाइरसँगको युद्ध जित्ने वचन दिएका थिए, जसले हालसम्म ३ लाख ८५ हजार भन्दा बढी अमेरिकीहरुको ज्यान लिइसकेको छ।
गत वर्ष आफ्नो चुनावी अभियानका क्रममा बाइडनले भनेका थिए कि, उनी ट्रम्पको तुलनामा कोरोना महामारीसँग अधिक प्रभावकारी तरिकाबाट लड्नेछन्।
यस्तोमा बाइडन राहत प्याकेज लिएर यस्तो समयमा आएका छन्, जब अमेरिका जाडो मौसममा कोरोनाको चपेटामा अझै खराब अवस्थामा फसिरहेको छ। पछिल्लो समय अमेरिकामा हरेक दिन २ लाख भन्दा अधिक कोरोनाका नयाँ संक्रमितहरु थपिइरहेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार