विघटन जनभावना विपरितः अध्यक्ष तिम्सिना
नेपालबहस संवाददाता
माघ २, २०७७ शुक्रबार २१:४:५२
२ माघ, पोखरा । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिना प्रधानमन्त्री केपी ओली निकट हुन् । तर ओलीको पछिल्लो कदम उनका लागि प्रिय छैन । भन्छन्–प्रतिनिधिसभा विघटन जनताको चाहनाविपरित छ । तर यसका लागि प्रधानमन्त्री दोषी भएको चाहिं उनी ठान्दैनन् । भन्छन्– नेपालमा स्थिरता नचाहने तत्वले यस्ता खेल खेल्दो रहेछ ।
प्रधानमन्त्री ओलीलाई पनि जनताले दुई तिहाई समर्थनको प्रधानमन्त्री बनाए । तर परिस्थिति भने अस्थिर बन्यो । त्यसैले मध्यावधि निर्वाचनमा जानुपर्ने वाध्यता आइपरेको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष तिम्सिनाले भने – अब निर्वाचन मिति घोषणा भइसक्यो । निर्वाचन हुँदैन भन्ने नसोचौं । निर्धारित समयमै निर्वाचन हुन्छ ।
प्रतिनिधिसभा विघटन देश र जनताको हित विपरित भएपनि अव त्यसलाई पुरानै अवस्थामा ल्याउन निर्वाचनको विकल्प नरहेको उनको ठम्याई छ । शाखाको १५ औं साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष तिम्सिनाले भने– ०१५ सालमा बीपी कोइरालाको दुईतिहाई प्राप्त पहिलो जननिर्वाचित सरकारसमेत पूर्णकालिक हुन सकेन । राजा महेन्द्रले सरकार मात्र नभई व्यवस्थाकै घाँटी अँठ्याए । त्यस्तै, ०४८ सालको वहुमत प्राप्त गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारसमेत मध्यावधिमा जान वाध्य भयो ।
यसरी हेर्दा नेपालमा राजनीतिक स्थिरता कहिल्यै हुन नदिने शक्ति बलवान रहेको देखिन्छ , त्यसैको चपेटामा ओली सरकारसमेत परेको हो – उनले भने । तर यो अन्योल र अस्थिरतालाई चिर्न फेरि पनि निर्वाचनमै जानुपर्नेमा अध्यक्ष तिम्सिनाले जोड दिए । उनले भने– सर्वाेच्च अदालतले यसको छिनोफानो गर्ला नै ,तर सबैखाले अन्योल र अस्थिरताको निकास भने नयाँ निर्वाचन नै हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार