प्रतिपक्षी कांग्रेसलाई आश्वस्त पार्न ओलीलाई कठिन
नेपालबहस संवाददाता
माघ २, २०७७ शनिबार १:३१:४८
२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार आफू निकटका नेताहरुलाई वैशाखमा घोषित निर्वाचनको माहौल बनाउन निर्देशन दिए । सबैजसो नेताहरुलाई उनले निर्वाचनको माहोल बनाउन आग्रह गरेको भएपनि निर्वाचन हुन्छ कि हुँदैन भन्ने अनिश्चय भने बाँकी नै छ ।
‘निर्वाचनमाथिको आशंका हामीले चिर्नुपर्छ,’ ओलीले बैठकमा दिएको निर्देशन उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘निर्वाचनका लागि अब अगाडि बढ्नैपर्छ । मेची महाकालीको आधार तयार पार्नुस् ।’ विपक्षी नेपाली कांग्रेसको मन–मस्तिष्कमा निर्वाचनको ‘भूत’ चढिसके पनि उनीहरू वैशाखमै निर्वाचन हुनेमा भने आश्वस्त देखिएका छैनन् । सार्वजनिक मञ्चमा उनीहरूले अभिव्यक्त गर्ने धारणाले नै यो देखाउँछ ।
प्रधानमन्त्री ओलीलाई धरमराएको कांग्रेसलाई आश्वस्त पार्न कठिन भएको छ । आफ्नै समूहबाट विभाजित भएर गएका पुष्पकमल दाहाल र माधव नेपाल समूह आन्दोलनमा होमिएका बखत ओलीलाई कांग्रेसले साथ नदिने हो भने वैशाखको चुनाव कठिन हुने अवस्था देखिएको छ ।
माघे संक्रान्ति पारेर बोलाइएको बैठकमा वालुवाटारमा तरुल खादै स्थायी समिति सदस्यसँगै ओलीनिकट मन्त्रीहरूले आफ्नो रिपोटिङ गरेका थिए कि अबको निर्वाचन कांग्रेसकै साथ लिएर गर्नुपर्नेछ । त्यसक्रममा प्रधानमन्त्री ओलीले तरुलसँगै आफू पक्षका नेताहरुलाई समग्र राजनीतिको विश्लेषण गर्न र अब उत्पन्न हुने परिस्थितिबारे समेत छलफल गरेका थिए ।
बैठकमा सहभागी स्रोतका अनुसार ओलीले सहभागीहरूसँग सर्वोच्च अदालतमा चलिरहेको संसद् पुनःस्थापनासम्बन्धी बहस, नेकपाको अर्को समूह पुष्पकमल दाहाल– माधवकुमार नेपाल समूहले निर्वाचनको गतिविधि रोक्न निर्वाचन आयोगलाई गरेको निर्देशन र त्यसको प्रभाव आदिबारे समेत सोधेका थिए । ओली समूहले बुधबार निर्वाचन आयोगलाई निर्वाचन तयारीसम्बन्धी तयारी नरोक्न आग्रह गर्दै पत्र बुझाइसकेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको मिति तोकेकी थिइन् ।
सरकार यतिबेला आफ्नो कार्यमा संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहे पनि सरकार भने जबरजस्ती निर्वाचनको माहौल बनाउन कस्सिएको छ । उसले सुरक्षा निकायदेखि निर्वाचन आयोगसम्मलाई चुनावको तयारीमा सक्रिय गराइसकेको छ । प्रतिनिधिसभा विघटनसँगै सरकारले मध्यावधि निर्वाचन मिति घोषणा गरेपछि निर्वाचन आयोगले निर्वाचनको तयारीसम्बन्धी गतिविधि अगाडि बढाइसकेको छ ।
आयोग अहिले मतदाता नामावली अध्यावधिक गर्ने र स्थायी मतदान केन्द्र तोक्ने लगायतका काममा केन्द्रित भएको छ । दाहाल–नेपाल समूहले तयारी रोक्न आग्रह गरे पनि आयोगले अदालतबाट आदेश ल्याए रोक्ने नत्र आयोगको नियमित काम अगाडि बढ्ने जवाफ दिएकाले पनि आयोगका पदाधिकारीहरूको चुनाव गराउने पक्षमा रहेका बुझिन्छ ।
निर्वाचनको माहौल बनाउन ओली समूहमा रहेका गृहमन्त्री रामबहादुर थापा पनि कस्सिएका छन । उनले हालै सशस्त्र प्रहरीमा हालै बढुवा पाएका प्रहरी अधिकृतहरूलाई निर्वाचनमा केन्द्रित हुन निर्देशन दिइसकेका छन् । नेपाल प्रहरीमा एआईजी विश्वराज पोखरेलको नेतृत्वमा निर्वाचन तयारीसम्बन्धी समिति नै गठन भइसक्यो । पोखरेलको नेतृत्वमा बनेको केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति ३७ सदस्यीय छ ।
नेकपाको दाहाल–नेपाल समूह निर्वाचनको विपक्षमा उभिए पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टीका नेताहरू चुनावी मुडमा देखिन्छन् । कांग्रेसका नेताहरूको बोली चुनावमय भइसक्यो । संसद विघटनको विरोधमा आयोजित कार्यक्रम नै चुनावी प्रचार शैलीको भइसके । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रष्टै शब्दमा सर्वोच्च अदालतबाट चुनावको बाटो खुलेमा चुनावमा सहभागी हुने बताइसकेका छन् ।
जनता समाजवादीका नेताहरू संविधान विघटनको विपक्षमा देखिए पनि निर्वाचनको हकमा भने लचिलो देखिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद विघटनको विरोध गरेजस्तो गरेर निर्वाचन भएमा सहभागी हुने धारणा सार्वजनिक गरिसक्यो । यसले ओलीलाई जबरजस्ती निर्वाचनतिर मुलुकलाई डोहोर्याउन बल भने मिलेको देखिन्छ ।
सर्वोच्च अदालतबाट संसद विघटनले मान्यता पाए पनि तोकिएकै मितिमा निर्वाचन गर्न भने सम्भव देखिन्न । निर्वाचनमा आयोग मात्रै हैन, प्रहरीको भूमिकासमेत महत्त्वपूर्ण हुन्छ नै । निर्वाचनका लागि तीन महिना मात्रै समय रहेको र संसद्बारे सर्वोच्चमा चलिरहेको बहस प्रक्रिया हेर्दा माघ महिना त्यसैमा जाँदा सुरक्षा निकायले चुनावी तयारीका लागि दुई महिना मात्र समय पाउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
सतर्कताले अख्तियारलाई बुझायो प्रतिवेदन, सम्पति विवरण नबुझाउनेको संख्या ६ हजार ७०५
बैशाख ३१, २०८१ सोमबार
सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
बैशाख ३१, २०८१ सोमबार
सत्ता गठबन्धन फेरिन सक्छः नेपाल
बैशाख ३१, २०८१ सोमबार
टर्की पठाउने भन्दै ४ करोड ३४ लाख रूपैयाँ ठगी गर्ने पक्राउ
बैशाख ३१, २०८१ सोमबार
देउवा र लामिछानेलाई सभामुखले भनेः आजै मिल्नुस
बैशाख ३१, २०८१ सोमबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार