अब युट्युबबाटै किनमेल गर्न सकिने
नेपालबहस संवाददाता
माघ ४, २०७७ आइतबार १६:५८:५४
४ माघ, काठमाडौं । अब युट्युबबाटै किनमेल गर्न सकिने भएको छ । गुगलले सुरु गर्यो नयाँ फिचर अनुसार युट्युबबाट दर्शकले सिधै शपिङ गर्न सक्ने भएका हुन् ।
इन्टरनेट जाएन्ट गुगलले आफ्नो भिडियो स्ट्रिमिङ्ग प्लाटफर्म युट्युबबाट दर्शकले सिधै शपिङ गर्न सक्ने गरी नयाँ फिचरको परीक्षण सुरु गरेको छ ।युट्युबले आफ्नो सपोर्ट पेजमा भनेको छ, ‘युट्युब भिडियोमा देखाइएका सामानहरु सिधै त्यहीँ खोज्ने र त्यहीँबाटै शपिङ गर्न सकिने गरी हामीले नयाँ विधिको परीक्षण गरिरहेका छौँ ।’
युट्युबका अनुसार यस पाइलट प्रोजेक्टमा सहभागी हुने युट्युब सर्जकहरुले आफ्ना भिडियोमा विभिन्न प्रडक्ट समावेश गर्न सक्नेछन् । ती भिडियोहरुमा पिँधको बायाँ कुनामा शपिङ ब्याग आइकन हुनेछ र त्यसमा क्लिक गरिसकेपछि प्रयोगकर्ताहरुले प्रडक्टहरुको सूचि हेर्न पाउनेछन् ।
त्यहाँबाट सम्बन्धित प्रडक्टको पेजमै पुगेर प्रयोगकर्ताले थप जानकारी पढ्न, सम्बन्धित भिडियोहरु हेर्न तथा सामान खरीद गर्न सक्नेछन् । युट्युबका अनुसार तत्कालका लागि यो फिचर अमेरिकाका आइओएस, एन्ड्रोइड तथा डेस्कटप प्रयोगकर्ता युट्युब क्रिएटर्सका लागि मात्र उपलब्ध हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईआईटी मद्रासको स्टार्ट-अपले ‘इलेक्ट्रिक फ्लाइङ ट्याक्सी’
बैशाख ३१, २०८१ सोमबार
नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने
बैशाख ३०, २०८१ आइतबार
कम लागतको इन्टरनेट उपलब्ध गराउन ‘स्टारलिंक’ उपग्रहहरू प्रक्षेपण
बैशाख २५, २०८१ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
वीरगञ्ज महागरमा ‘कक्षा कोठामा मेयर’ शुभारम्भ
बैशाख ३१, २०८१ सोमबार
नेपाली युवकको मलेसियामा मृत्यु
बैशाख ३१, २०८१ सोमबार
महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले लिए शपथ
बैशाख ३१, २०८१ सोमबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने, एमाले अझै अनिर्णित !
बैशाख ३१, २०८१ सोमबार