ओलीको विकल्प ओली प्रवृत्ति हुन सक्दैन्
नेपालबहस संवाददाता
माघ ४, २०७७ आइतबार १९:३७:१०
४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनको संवैधानिक हैसियत के होला ? त्यसको छिनोफानो सर्वाेच्च अदालतले गर्ला नै । तर ओलीको विश्वासको तह र बोलीको ओजले भने उनको कदम संवैधानिक ठहरिने दरिलो विश्वास देखिन्छ । कतिपय सन्दर्भमा ओलीले भन्ने गरेका छन्– अब मरेको प्रतिनिधिसभा व्यूँतिने कुरा सम्भव छैन , यसको विकल्प भनेकै फ्रेस म्याण्डेट मात्र हो ।
उनको भनाईको अर्न्तय हेर्दा लाग्छ, अब कुनैपनि हालतमा निर्वाचनको विकल्प छैन । सर्वाेच्च अदालतले पनि आफ्नो सिफारिश सदर गर्ने उनको गहिरो आत्मविश्वासले धेरै कुराको संकेत गर्छ । ओली भन्ने गर्छन् – सबै सेटिङ मिलिसकेको छ । अब चुनावको विकल्प छैन ।
तर ओलीसँग विमती राख्ने नेकपाकै प्रचण्ड–माधव समूह भने रन्थनिएको छ । उनीहरु ओलीको कदम असंवैधानिक भएकाले सर्वाेच्च अदालतले सच्याउने अनि सत्ताको बाग्डोर आफ्नो हात लाग्ने विश्वासमा रन्थनिएको छ । त्यसका लागि सडक आन्दोलन नै चर्काउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षधर नेताकार्यकर्ता सडकमा आगो बाल्ने पक्षमा छन् ।
तर उनीहरु अहिले एक्लै छन् । ओलीको असंवैधानिक कदमविरुद्ध राजनीतिक दल र नागरिक समाजले आवाज बुलन्द त बनाएका छन्, तर प्रचण्ड–माधव समूहको अगुवाईमा झण्डा बोक्न भने तयार छैनन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मात्र होइन, जनता समाजवादी दलले समेत ओलीतन्त्रको विरोधमा प्रचण्ड–माधवको छाता भने नओढ्ने संकेत गरेको छ ।
सबैभन्दा महत्वपूर्ण प्रश्नभने नागरिक समाज नै अहिले प्रचण्ड–माधवपक्षको कार्यशैली र तालसँग विमति राख्दै छ । नागरिक अगुवा खगेन्द्र संग्रौला भन्छन्–ओलीको महत्वाकाँक्षा बढाउने र यो अवस्था ल्याउनेमा प्रचण्ड–माधवपनि बराबरका हकदार हुन् । त्यसैले अब ओलीबाट सत्ता खोसेर प्रचण्ड–माधवलाई जिम्मा लगाउने आन्दोलनको कुनै अर्थ छैन ।
ओलीलाई ओलीतन्त्रमा चल्न मलजल गर्ने नै प्रचण्ड–माधव हुन्, बेलैमा लगाम लगाइदिएको भए आजको यो अवस्था आउने नै थिएन –संग्रौलाको ठहर छ । ओलीसँग सधैं भागबण्डा खोज्नेहरुले अहिले चाहिं ओली गलत आफू सही भन्न नमिल्ने उनको तर्क छ । अब ओलीको विकल्पमा नयाँ ओली हैन, युवा पुस्ताको आगमन भयो भने मात्र स्वीकार्य हुने धारणा संग्रौलाको छ ।
यस्तै राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि आजको अवस्था केवल ओलीका कारण मात्र नआएको भन्छन् । यो स्थिति निर्माण गर्न सहयोग गर्ने काम नेकपाकै नेताहरु र प्रमुख प्रतिपक्षी दलसमेत रहेको ठम्याई उनको रहेको छ । ओलीसँग प्रचण्ड–माधवले मात्र होइन , कांग्रेस सभापति शेरबहादुर देउवाले समेत भागबण्डा खोजेकाले ओलीको अहंकार र दम्भ यो हदसम्म आइपुगेको उनी ठान्छन् ।
ओलीलाई सुरुदेखि नै जिम्मेवार बनाउन पार्टी भित्र र प्रतिपक्षले ध्यान नदिएकाले यस्तो चरम अवस्था निर्माण भएको हो – विश्लेषक आचार्य भन्छन् । ओली प्रवृत्ति निर्माण गर्न सबैको कुनै न कुनै भूमिका रहेकाले विकल्पमा भने बढो विचार पुर्याउनु पर्ने उनको भनाई छ । तर परिस्थिति हेर्दा लाग्छ अब आमजनताले समग्र नेकपालाई नै नयाँ ढंगले पुन: मूल्याङन गर्ने छन् ।
प्रधानमन्त्रीको अफर आएपछि देउवा हौसिएका छन् । उनले पर्वतमा आयोजित एउटा कार्यक्रममा त्यसको छनक दिंदै भनेका थिए, ओलीले वैशाखमा चुनाव गराउलान् भन्ने मलाई लाग्न छाड्यो । त्यसअघि भने ओलीले असंवैधानिक कदम चालेकै भएपनि त्यसविरुद्ध सडक संघर्षमा जान नसकिने भन्दै यसको छिनोफानो सर्वाेच्च अदालतले गर्ने धारणा राख्दै आएका हुन् ।
ओलीलाई प्रधानमन्त्रीबाट हटाउने पक्षमा नेकपा नेताहरु थिए भने त्यसको विधि प्रकृया किन गरिएन ? वरिष्ठ साहित्यकार संग्रौला भन्छन् । ओलीलाई बेलैमा तह लगाउन नेकपाले आफ्नो विधि प्रकृया अनुरुप पार्टी र संसदीय दललाई सकृय रुपमा परिचालन गर्नुपथ्र्याे , त्यो गरिएन एक्कासी अविश्वास प्रस्ताव दर्ता गर्न अग्रसर भए । त्यो नै सबैभन्दा ठूलो भूल भयो– संग्रौला भन्छन् ।
विश्लेषक आचार्यको विचारमा संसद पुन: स्थापना भएपनि वा नभएपनि अबको राजनीति फेरि नेपाली कांग्रेसकै वरिपरी घुम्ने अवस्था छ । त्यसैले देउवाले त्यसको उपयोग गर्न चाहेको देखिन्छ । देउवाले अबको प्रधानमन्त्री आफू नै हो भन्ने सोच बनाइसकेको देखिन्छ – आचार्य भन्छन्– त्यसैले उनी ओली र प्रचण्ड–माधव समूहसँग समदूरी राख्ने पक्षमा देखिएका छन् । खासगरी गएको साता प्रचण्ड–माधवले देउवालाई सत्ता साझेदारी गर्ने र प्रधानमन्त्री अफर गरेपछि नयाँ परिवेश तयार भएको आंकलन आचार्यले गरेका छन् ।
प्रधानमन्त्रीको अफर आएपछि देउवा हौसिएका छन् । उनले पर्वतमा आयोजित एउटा कार्यक्रममा त्यसको छनक दिंदै भनेका थिए, ओलीले वैशाखमा चुनाव गराउलान् भन्ने मलाई लाग्न छाड्यो । त्यसअघि भने ओलीले असंवैधानिक कदम चालेकै भएपनि त्यसविरुद्ध सडक संघर्षमा जान नसकिने भन्दै यसको छिनोफानो सर्वाेच्च अदालतले गर्ने धारणा राख्दै आएका हुन् ।
पार्टी भित्रपनि देउवालाई असंवैधानिक कदमविरुद्ध सडकमै जान ठूलो दबाब परेकाले कांग्रेसले निरन्तर सडक संघर्ष जारी राखेको छ । तैपनि ओलीविरुद्ध प्रचण्ड–माधव पक्षसँग मोर्चाबन्दी नै गर्ने पक्षमा भने देउवा देखिएका छैनन् । किनभने उनी परिस्थिति आफू अनुकुल भएकाले धेरै हतार गर्ने पक्षमा देखिएका छैनन् । एक किसिमले भन्ने हो भने दुबै हातमा लड्डु परेको ठम्याई देउवाको छ । तर नेकपा औपचारिक रुपमा विभाजित भैनसकेकाले कुनैपनि बेला जेपनि हुन सक्नेतर्फ पनि उनी सचेत रहेको बुझ्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
संसदको गतिरोध अन्त्यबारे छलफल गर्न सत्ता पक्षका तीन नेता सिंहदरबारमा
बैशाख ३१, २०८१ सोमबार
सतर्कताले अख्तियारलाई बुझायो प्रतिवेदन, सम्पति विवरण नबुझाउनेको संख्या ६ हजार ७०५
बैशाख ३१, २०८१ सोमबार
सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
बैशाख ३१, २०८१ सोमबार
सत्ता गठबन्धन फेरिन सक्छः नेपाल
बैशाख ३१, २०८१ सोमबार
टर्की पठाउने भन्दै ४ करोड ३४ लाख रूपैयाँ ठगी गर्ने पक्राउ
बैशाख ३१, २०८१ सोमबार
देउवा र लामिछानेलाई सभामुखले भनेः आजै मिल्नुस
बैशाख ३१, २०८१ सोमबार