आइतबार , फागुण १६, २०७७

तपाईको आजको राशीफल कस्ताे छ ?

तपाईको आजको राशीफल कस्ताे छ ?

वि.सं. २०७७ साल माघ ०७ गते । बुधबार   इ.स.२०२१ जनवरी २० तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । पौष शुक्लपक्ष । तिथी–सप्तमी,१३ बजेर ३७ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–रेवती,१३ बजेर २४ मिनेट उप्रान्त अश्विनी । योग– सिद्ध,२० बजेर ३२ मिनेट उप्रान्त साध्य । करण–वणिज,१३ बजेर ३७ मिनेट उप्रान्त भद्रा,२६ बजेर ३९ मिनेट उप्रान्त बव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–मीन,१३ बजेर २४ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेटमा,सूर्यास्त १७ बजेर ३३ मिनेटमा । दिनमान २६ घडी ३० पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):-  बिहानको समय मध्यम रहेकोले अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । मायाप्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । मध्यान्हबाट समयमा सुधार हुने हुनाले बिभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुशि हुनेछन् । सुन्दर तथा बिलाशसी बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- बिहानको समय उत्तम रहेकोले बैकिङ क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिने छ । प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । मध्यान्हबाट साथिभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आयपनि फाईदाको लागी अली बढी मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन ।

मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नती हुनेछ । बिभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउनेछन् भने प्रसस्त रुपैया पैसा कमाउने योग रहेको छ । शत्रु तथा प्रतिस्पर्धीहरु परास्त हुनेछन् भने बिद्या तथा प्रतिस्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा लगानी गरी भनेजस्तो नाफा कमाउन सकिनेछ । भनेको समयमा सामाजिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुशियाली छाउनेछ ।

कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):-  नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नती हुनेछ । उत्पादनमुलक क्षेत्रमा लगानी गरी प्रसस्त रुपैया पैसा कमाउने योग रहेको छ । व्यापार व्यवसायमा भने जस्तो नाँफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुशियाली छाउनेछ । मायाप्रेममा सामिप्यता बढेर जानेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । मायाप्रेममा एक अर्काको साथ रहने हुनाले मन प्रशन्न हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- बिहानको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममूखी काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानात्तरणको बलियो सम्भावना रहेकोछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।

कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- बिहानको समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । पढाईलेखाईमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले आफन्त तथा चेलि माईती बीच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । मायाप्रेममा धोका हुनेछ भने पति पत्नी बीच दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिती अनुशार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- नोकरीमा समय खर्चिनेहरुका लागी समय राम्रो रहेकोछ भने कार्यक्षेत्रमा राम्रो काम गर्न सकिने हुँदा तपाईलाई बिश्वास गरि थप कार्यभार सुम्पनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नया प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । ईमान्दारिता तथा लगानशिलताले पक्ष पहिल्याउ सहज हुनेछ । महंंगा तथ बिलाशी वस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर तान्न सकिनेछ ।

बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- विवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु स्वत स्फूर्त रुपमा सकारात्मक दिशामा अगाडी बढ्नेछ । पढाईलेखाईमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । मायाप्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिने तथा जीवन साथिसँग रमाईलो यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ): – बिहानको समय मध्यम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । प्रतिस्पर्धीहरुको अवरोधले फाईदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले व्यवसायमा लगानी बढाउदा मनग्गे लाभ हुनेछ । पढाईलेखाईमा प्रतिद्धन्द्धि हरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- बिहानको समय राम्रो रहेकोले आफन्त,दाजुभाई तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममूखी काम गर्न सकिनेछ । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । उत्पादनमूखि व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरुका लागी समय मध्यम रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- नयाँ काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । साथिभाईको सहयोगले राम्रै सहयोग जुटाउन सकिनेछ । विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। विवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । परिवारजनका आकांक्षा तथा ईच्छाहरु पुरा गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- परिवार तथा नजिकका मानिसबाट तपाईको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाईमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ । तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन : कोइराला नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन : कोइराला १८ घण्टा पहिले
मोतियाविन्दु मुक्त नगर बनाउने अभियानमा नगरपालिका मोतियाविन्दु मुक्त नगर बनाउने अभियानमा नगरपालिका २ घण्टा पहिले
सांग्रिला डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का, यस्तो छ कारण ? सांग्रिला डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का, यस्तो छ कारण ? १८ मिनेट पहिले
दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह ४ घण्टा पहिले
नयाँ नेवार सुन्दरीमा डल्लुकी कृषा महर्जन नयाँ नेवार सुन्दरीमा डल्लुकी कृषा महर्जन ३ घण्टा पहिले
सुकुम्बासीलाई जग्गाधनी पुर्जा दिने प्रक्रिया शुरु सुकुम्बासीलाई जग्गाधनी पुर्जा दिने प्रक्रिया शुरु ४ घण्टा पहिले
आजदेखि निफ्राको कारोबार लगानी समूहमा आजदेखि निफ्राको कारोबार लगानी समूहमा ७ घण्टा पहिले
लोकप्रिय हास्य टेलिशृंखला हर्के हल्दार अब देखि आइतबार राति ९ बजे प्रसारण हुने लोकप्रिय हास्य टेलिशृंखला हर्के हल्दार अब देखि आइतबार राति ९ बजे प्रसारण हुने ४ घण्टा पहिले