बिहिबार , फागुण १३, २०७७

ओलीसँगको सहकार्य भड्खालोमा जाकियाे: प्रचण्ड

ओलीसँगको सहकार्य भड्खालोमा जाकियाे: प्रचण्ड

७ माघ, काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टी अझै औपचारिक रुपमा विभाजित भएको छैन् । निर्वाचन आयोगले विधिवत रुपमा विभाजन भएको स्वीकार नगरेसम्म नेकपालाई एउटै दलका रुपमा मान्नुपर्ने हुन्छ । यद्यपि नेताहरुले अगल अलग समूह र गुट बनाइसकेका छन् । अलग अलग गुटका भेला र बैठक धमाधम भइरहेका छन् । केन्द्रीय समिति र स्थायी कमिटी बैठकसमेत अलग अलग नै भएका छन् ।

एकले अर्कालाई कारबाही गर्ने क्रमसमेत जारी राखेका छन् । तर दुबै दल आफैं आधिकारिक रहेको दाबी गर्दै विभाजन नभएको दलिल आयोग समक्ष प्रस्तुत गर्दैछन् ।  प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’– माधवकुमार नेपाल समूहमा स्पष्ट विभाजित दुई दलको यही रस्साकस्सीले गर्दा अन्य प्रकृयाहरु भने अवरुद्ध भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुबै समूहसँग समदूरी नै बनाएको छ । त्यसको प्रत्यक्ष प्रभाव प्रदेश नं. १ र बाग्मती प्रदेशमा दर्ता भएको अविश्वास प्रस्तावमा प्रत्यक्ष देखिएको छ ।  नेपाली कांग्रेसले कसलाई सघाउने भन्ने सन्दर्भ नै अहिले अन्यौलमा छ । उसको तर्क छ–नेकपा अझै विभाजित भएकै छैन् । त्यसैले शेरधन राईको ठाउँमा भीम आचार्य वा डोरमणि पौडेलको ठाउँमा अष्टलक्ष्मी शाक्यलाई पदस्थापन गर्न मात्रै हामीले पक्ष विपक्षमा उभिने कुरा आउँदैन – कांग्रेस नेताहरु भन्दैछन् । जबसम्म नेकपा आधिकारिक रुपमा विभाजित हुँदैन, कांग्रेस कतैपट्टि पनि लाग्नेवाला छैन ।

हामीले कहिल्यै पदलाई महत्व दिएनौं , दिएको भए मैले आलोपालो प्रधानमन्त्री बन्ने भनी गरिएको सम्झौतालाई त्याग्ने थिइन भन्दै अध्यक्ष प्रचण्डले राजनीतिक स्थायित्व र विकासका लागि आफूले ओलीलाई पाँचै वर्षका लागि प्रधानमन्त्री छाडेको दाबी गरे । पार्टी एकता प्रकृयादेखि अहिलेसम्मको अवस्थाबारे स्वेतपत्र जारी गर्ने पक्षमा आफूहरु रहेको पनि उनले प्रष्ट्याए ।

यही कारण ओलीको कदम प्रतिगमनउन्मुख , असंवैधानिक र अलोकतान्त्रिक भनेपनि कांग्रेसले प्रचण्ड–माधव समूहसँग सहकार्य गर्न हिच्किचाएको छ । त्यसको प्रभाव परेको नेताहरुले मानेका छन् । यसै सन्दर्भमा आज बिहान प्रचण्ड–माधव समूहका नेताहरुले राजधानीबाट प्रकाशित प्रशारित सञ्चारमाध्यमका सम्पादकहरुसँग लामै छलफल गरे । राजधानीको पाँचतारे होटलमा आयोजना गरिएको उक्त अन्तक्रिया कार्यक्रममा अध्यक्षद्वय प्रचण्ड र माधवले अब ओलीसँगको सहकार्यमा तत्कालका लागि पूर्णविराम लागेको प्रष्ट पारेका छन् ।

अध्यक्ष प्रचण्डले भने– राजनीति हो भोलि के होला, यसै नभनौं, तर अबको केही वर्षका लागि भने ओलीसँगको सहकार्य भड्खालोमा जाकिएको छ । अर्थात, ओलीसँग तत्कालै सहकार्य वा मिलनको सम्भावना छैन् । ओलीले आफ्नो गल्ती स्वीकार्ने कुनै छाँट नदेखाएकाले एकताको कुनै सम्भावना छैन । उनले भने–कतिपयलाई लागेको होला फेरि भागबण्डा मिल्यो भने एकता भइहाल्छ । यो सबै ओलीले आफूहरुलाई बद्नाम गर्ने अभिप्रायले गरेको दुश्प्रचार मात्रै हो ।

हामीले कहिल्यै पदलाई महत्व दिएनौं , दिएको भए मैले आलोपालो प्रधानमन्त्री बन्ने भनी गरिएको सम्झौतालाई त्याग्ने थिइन भन्दै अध्यक्ष प्रचण्डले राजनीतिक स्थायित्व र विकासका लागि आफूले ओलीलाई पाँचै वर्षका लागि प्रधानमन्त्री छाडेको दाबी गरे । पार्टी एकता प्रकृयादेखि अहिलेसम्मको अवस्थाबारे स्वेतपत्र जारी गर्ने पक्षमा आफूहरु रहेको पनि उनले प्रष्ट्याए । यस्तै अर्का अध्यक्ष नेपालले भने आजको राजनीतिक अस्थिरता र अराजकताको कारक ओली नै भएकाले उनले समग्र राजनीतिको परिभाषा नै बद्नाम गरेको बताए ।

ओलीका कारण समाजमा सबै नेता खराब भन्ने सन्देश प्रवाह भएको भन्दै आफू ओली जस्तो तुच्छ र पदलोलुप नभएको स्पष्टीकरण दिए । यसरी हेर्दा प्रचण्ड–माधव समूह अहिले ओलीलाई गलत देखाएर आफ्नो गल्ती र कमजोरी ढाक्ने प्रयत्न गरेको प्रष्ट देखिन्छ । आज ओलीतन्त्र वहाल गर्न प्रचण्ड–माधव पक्षकै कमजोरी मुख्य कारक रहेको समेत धेरैको आरोप छ । ओलीलाई बेलैमा नियन्त्रित र संयमित बनाउनेतर्फ पार्टी संयन्त्र अग्रसर भएको थियो भने अहिलेको अवस्था आउने नै थिएन भन्ने धेरैको बुझाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय