सोमबार , फागुण २४, २०७७

पिएचडी चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीजद्वारा भर्चुअल ‘फाइभ पि’ नेपाल अन्तर्राष्ट्रिय एक्स्पो आयोजना

पिएचडी चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीजद्वारा भर्चुअल ‘फाइभ पि’ नेपाल अन्तर्राष्ट्रिय एक्स्पो आयोजना

७ माघ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा भारतको पिएचडी चेम्वर अफ कमर्सले आज बुधबारदेखि सनिबार अर्थात जनवरी २० देखि २३सम्म भर्चुअल फाइभ पि नेपाल अन्तर्राष्ट्रिय एक्स्पोको आयोजना गरेको छ ।

उक्त एक्स्पोको भर्चुअल समुद्घाटन कार्यक्रममा नेपाल भारत व्यवसाय प्रवद्र्धनका चुनौति तथा संभावना बिषयमा वेबिनार समेत आयोजना गरिएको हो । उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले कोभिडको बेलामा नेपाल भारतवीच व्यवसाय प्रवद्र्धनका बिषयमा कार्यक्रम आयोजना गरेकोमा पिएचडी चेम्वरलाइ धन्यबाद दिदै दुइ मुलुक वीच व्यापार तथा लगानीका बिबिध चुनौति तथा संभावना वारेमा प्रकाश पारे ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

भारतले अन्य मुलुकहरुमा गरेको लगानीको तुलनामा नेपालमा नगन्य लगानी भएकोले भारत तथा नेपालका निजी क्षेत्रले नेपालमा भारतीय लगानी बढाउन संयुक्त पहल गर्नु पर्ने बताए। नेपालमा कृषि,जडिवुटीजन्य, खनिज पदार्थ तथा हाइड्रोपावर क्षेत्रमा लगानीको संभाव्यता भएको बताए । उक्त अवसरमा नेपाल स्थित भारतीय दुतावासका प्रथम सचिव अभिषेक उपाध्यायले फाइभ पि  प्लाष्टिक,पेपर, प्रिण्टीङ,प्याकेजिङ र प्रोसेसिङको बजार संभाव्यता लगायतमा विषयमा प्रकाश पारे ।

पिएचडी चेम्वर अफ कमर्सका महासचिव सौरभ सन्यालले नेपाल, भारतको ठूलो व्यापारिक साझेदार भएको मुलुक भएकोले दुइ मुलुक वीचको व्यापारिक सम्वन्धलाइ महत्वका साथ हेरिरहेको बताए ।

उनले पिएचडी चेम्बरबाट आयोजना भएको भर्चुअल नेपाल फाइप पी एक्सपोले दुइ मुलुक वीचको सम्वन्ध थप प्रगाढ हुने बताए । उक्त अवसरमा भारत सरकार वाणिज्य बिभागका सहसचिव आलोक मालवीय, नेपाल प्रिन्टर्स एसोसिएसनका अध्यक्ष पुष्कल गौतम मेडिया स्पेसका कार्यकारी निर्देशक श्रृजल भट्टराई  फ्युचरेक्सका कार्यकारी निर्देशक प्रेम अन्वेषी तथा पिएचडी चेम्वर अफ कमर्स अन्तर्राष्ट्रियसमितिका प्रमूख नवीन सर्दानाले पनि आफ्ना धारणा राखे ।

CapturPHDDDDDe

पिएचडी चेम्वर अफ कमर्सको फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्ट्स प्रालिले आयोजना गरेको यस एक्सपोमा नेपालभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सरोकार राख्नेलाई यस एक्सपो मार्फत सम्पर्क तथा समन्वय गरी व्यापार साझेदारी नविनतम प्रविधि प्रदर्शन र संवादगर्न, साझा मञ्च प्रदान गर्ने उद्धेश्य रहेको छ ।

गत वर्ष पनि पिएचडी चेम्वर अफ कमर्सले नेपालमा विशेष अन्तराष्ट्रिय प्रदर्शनी ४ देखि ६ पौष २०७६ मा भृकुटीमण्डप काठमाडौंमा आयोजना गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सभामुखबाट परामर्श नभएकाेमा प्रधानमन्त्रीको असन्तुष्टि सभामुखबाट परामर्श नभएकाेमा प्रधानमन्त्रीको असन्तुष्टि १५ घण्टा पहिले
सरकारमा जाने नजाने महत्वपूर्ण कुरा होइन : नेता बाँस्तोला सरकारमा जाने नजाने महत्वपूर्ण कुरा होइन : नेता बाँस्तोला २३ घण्टा पहिले
रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान शुरु रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान शुरु ४ घण्टा पहिले
सर्वसाधारणको हितलाई लक्षित गर्दै रुपामा सप्ताहव्यापी शिविर सर्वसाधारणको हितलाई लक्षित गर्दै रुपामा सप्ताहव्यापी शिविर २ घण्टा पहिले
हजारौँ महिला समान कामको समान ज्याला पाउनबाट वञ्चित हजारौँ महिला समान कामको समान ज्याला पाउनबाट वञ्चित १ घण्टा पहिले
देशका अधिकांश भू-भागमा बदली, मंगलबारदेखि मौसम सुधार हुने देशका अधिकांश भू-भागमा बदली, मंगलबारदेखि मौसम सुधार हुने १६ घण्टा पहिले
फ्रान्सबाट नयाँदिल्लीका लागि उडेको जहाज सोफियामा अवतरण फ्रान्सबाट नयाँदिल्लीका लागि उडेको जहाज सोफियामा अवतरण २१ घण्टा पहिले
हत्या आरोपितलाई १७ वर्षपछि पक्राउ गर्न प्रहरी सफल हत्या आरोपितलाई १७ वर्षपछि पक्राउ गर्न प्रहरी सफल १५ घण्टा पहिले