संसद् बैठक तत्काल बोलाइयोस्ः अर्याल
नेपालबहस संवाददाता
माघ ८, २०७७ बिहिबार १९:७:२८
८ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जारी सुनुवाईको क्रममा आज अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपतिबाट भएको गल्ती तत्काल सच्याएर पुनर्गठन हुनुपर्ने जिकीर गरेकाछन् । राष्ट्रपतिबाट अनधिकृत शक्तिको दुरुपयोग भएको छ , यो तत्काल सच्याइनुपर्छ – अर्यालले माग दाबी गरे ।
संवैधानिक इजलाशमा जारी वहसका क्रममा उनले राष्ट्रपतिबाट अनावश्यक शक्तिको दुरुपयोग गरेकाले त्यसमा तत्कालै सच्याइनुपर्ने धारणा राखे । यसअघि पनि संसद् पुनस्थापना गर्न तत्कालिन राजा ज्ञानेन्द्रले पनि शाही घोषणा गरेको स्मरण गर्दै अधिवक्ता अर्यालले अहिले राष्ट्रपतिले विगतमा जारी गरेको विज्ञप्ति फिर्ता लिनुपर्ने बताए ।
प्रतिनिधिसभा विघटनको घोषणालाई सभामुख र सांसद्हरुले कानूनी प्रभावशून्य घोषणा गर्न सक्नेपनि धारणा राखे । ६ महिनाको अवधि पार गरिसकेकाले सर्वाेच्चले तत्कालै संसद् बैठक सुचारु गर्न आदेश दिन मिल्ने राय प्रस्तुत गर्दै अधिवक्ता अर्यालले भने – यस प्रयोजनका लागि राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई तत्कालै अन्तरिम आदेश जारी गर्न मिल्छ ।
अहिलेको संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै अधिकार नदिएकाले ०४७ सालको संविधान बमोजिमको अभ्यासको कुनै अर्थ नरहने उनको भनाई थियो । संसद्ले वैकल्पिक सरकार दिने पर्याप्त आधार रहँदारहँदै प्रतिनिधिसभा विघटनको कल्पनासमेत गर्न नमिल्ने उनको तर्क छ । स्थिरता र स्थायित्वको पूर्ण प्रत्याभूति गरेको संविधानलाई जथाभावी व्याख्या गर्न नमिल्ने पनि अधिवक्ता अर्यालले प्रष्ट्याए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले लिए शपथ
बैशाख ३१, २०८१ सोमबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने, एमाले अझै अनिर्णित !
बैशाख ३१, २०८१ सोमबार
संसदको गतिरोध अन्त्यबारे छलफल गर्न सत्ता पक्षका तीन नेता सिंहदरबारमा
बैशाख ३१, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
नेपाली युवकको मलेसियामा मृत्यु
बैशाख ३१, २०८१ सोमबार
महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले लिए शपथ
बैशाख ३१, २०८१ सोमबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने, एमाले अझै अनिर्णित !
बैशाख ३१, २०८१ सोमबार