आइतबार , फागुण १६, २०७७

ओलीको ‘कू’ पछि स्याङ्जाका ९७ वडामा कांग्रेसको बिरोधसभा सम्पन्न

ओलीको ‘कू’ पछि स्याङ्जाका ९७ वडामा कांग्रेसको बिरोधसभा सम्पन्न

८ माघ, स्याङ्जा । प्रधानमन्त्री केपी ओलीले संवैधानिक कू गरेपछि सडक आन्दोलनमा निस्किएको कांग्रेसले निरन्तर विरोधका कार्यक्रमहरु गरिरहेको छ । सरकारले गरेको असंवैधानिक कदम विरुद्ध सडक आन्दोलन गर्दै आएको नेपाली कांग्रेस स्याङ्जाले  माघ ८ गते जिल्लाका ९७ वडामा बिरोधसभा सम्पन्न गरेको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार स्याङ्जामा ९७ वडामा बिरोधसभा सम्पन्न भएको हाे । संविधानमाथि ठाडै चुनौती दिएर जनताले चुनेको प्रतिनिधिसभा प्रधानमन्त्री केपी ओलीले सनकका भरमा विघटन गरेपछि कांग्रेस लगायत अन्य दलहरु आन्दोलनमा रहेका छन् । जिल्ला, क्षेत्र, प्रदेश, स्थानीय तह हुँदै कांग्रेस प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक कदम विरुद्धको खबर लिएर वडातहमा पुगेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

देशभरका ६ हजार ७ सय ४३ वडामा एकैपटक आन्दोलनमा सरिक भएको नेपाली कांग्रेसले कम्युनिष्ट सरकारले गरेको कुकत्यका बारेमा जनस्तरमा सन्देश दिँदै आएको छ । नेपाली कांग्रेस स्याङ्जाले वडागत विरोधसभा गर्दै मुलुकका लागि कम्युनिष्ट पाटी घातक भएको संज्ञा दिएका छन् । राणा, राजा र पञ्चायती व्यवस्था कांग्रेसले फालेको सन्देश जनतामा छर्दै हिडेको कांग्रेसले अब कम्युनिष्ट पाटी पनि फाल्ने चेतावनी कांग्रेसका नेताहरुले दिएका छन् ।

shyam basyal1

कांग्रेसका जिल्लातहका महासमिति सदस्य, महाधिवेसन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधि, स्थानीयतह र वडागत प्रतिनिधिहरुसँगै पाटीका भातृसंगठन, शुभेच्छुक संगठनहरु कम्युनिष्ट सरकारले गरेको असंवैधानिक कदम बिरुद्ध चर्को रुपमा आक्रमक भएर लागेका छन् ।यसबाट कांग्रेसले लोकतन्त्रको जगेर्नाका लागि संवैधानिक बन्न आफ्नो भूमिका सबैलाई सुनाउने छ भने ‘वेटिङ गभर्मेन्ट’ का रुपमा रहेको पार्टी भएकाले चुनाव भइहाले पनि त्यसको सन्देश घरघरमा पु¥याउन सघाउ पुगेको बताएको छ ।

११ स्थानीय तह रहेको स्याङ्जामा जिल्ला तहसँगै वडा स्तरका नेताहरुले सम्वोधन गरेर बिरोधसभा सम्पन्न भएको नेपाली कांग्रेस स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर गोदारले जानकारी दिए । यसैबीच पुतलीबजार नगरपालिका वडा नं ४ को सभालाई सम्वोधन गर्दै नेपाली कांग्रेस स्याङजाका कार्यवहाक सभापति कुमार रानाले स्थिरता र समृद्धि बोलेर मात्र नहुने भएकाले व्यवहारमा काम गरेर देखाउन सरकारसँग आग्रह गरे ।

congress virkot 5

नेपाली कांग्रेस वालिङ वडा नं ६ ले आयोजना गरेको विरोध पदयात्रापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै महासमिति सदस्य भोजराज अर्यालले निर्वाचनका बेला बोलेका स्थिरता र समृद्धिका नारा व्यवहारमा कार्यान्वयन गर्न वर्तमान सरकार अग्रसर नदेखिएको आरोप लगाए ।कांग्रेसकै नेतृत्वमा २००७ सालदेखि २०६२/६३ सम्मका सबै लोकतान्त्रिक आन्दोलन सफल भएको र कांग्रेसको नेतृत्वमै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भई सबै तहका निर्वाचन सम्पन्न भएको जिकिर गर्दै नेता अर्यालले भने, ‘सरकारले नचाहिने मुद्दामा हात हालेर जनतालाई दुःख दिने काम गरेको छ, हामी यसमा खबरदारी गर्न चाहन्छौँ ।’ जनताको तागत के हो भन्ने कुरा पछिल्लो समयमा चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा उजागर भएको अर्यालले बताए ।

गल्याङमा कांग्रेस महाधिवेशन प्रतिनिधि गुरुप्रसाद भट्टराईले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाको पालना गर्न सत्ता पक्षले उदासीनता देखाएको आरोप लगाउँदै संविधान र कानून सबैले मान्नुपर्ने बताए । नेपाली कांग्रेस गल्याङका सभापति श्यामप्रसाद बस्यालले बढेको कर फिर्ता लिन, महँगी नियन्त्रण गर्न एवं महिलामाथि हिंसा गर्नेलाई कडा कानूनी कारवाही गर्न सरकारसँग माग गरे ।

जिल्लाका हरेक वडाबाट शुरु भएको विरोध पदयात्रापछि कोणसभामा परिणत भएको थियो । पदयात्रामा संसद पुनस्थापना गर, ६५ वर्षे वृद्धभत्ता कायम गर, भूकम्पपीडितलाई थप एक लाख अनुदानको व्यवस्था गर, असंवैधानिक कदम खारेज गर लगायत नाराबाजी लगाइएको थियो । पदयात्रामा कांग्रेस तथा पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाको सहभागिता थियो ।

त्यसैगरी, नेपाली कांग्रेस कालीगण्डकीका सभापति धनबहादुर रानाले निर्वाचनका समयमा गरेका वाचा वाम गठबन्धनले पूरा गर्न नसकेको आरोप लगाएका छन् । नेपाली कांग्रेस कालीगण्डकी वडा नं ५ ले आयोजना गरेको विरोध प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै उनले मूल्यवृद्धि भएको, कर बढेको र कांग्रेस नेतृत्वको सरकारले गरेका निर्णय खारेज गरेकोमा आपति जनाउँदै विकास र समृद्धिका लागि कांग्रेस बाधक नहुने बताए । रानाले अब विकास निर्माणको समय भएको उल्लेख गर्दै उनले भने ‘पार्टी सुधारका लागि हात काम्ने दाजुभाइलाई बिदाइ गरेर युवा पुस्ताले नेतृत्व लिनुपर्छ ।’

नेपाली कांग्रेस चापाकोटका नगर सभापति रामचन्द्र पंगेनीले जनताका मतबाट बनेको वर्तमान सरकार जनमुखी हुनुपर्ने बताए । नेपाली कांग्रेस हरिनाशद्वारा आयोजित विरोधसभालाई सम्बोधन गर्दै सभापति टोपबहादुर चन्दले वर्तमान सरकारलाई विकास तथा गरिबी न्यूनीकरणका योजना ल्याउन सुझाव दिए ।

यसैबीच, नेपाली कांग्रेस बिरुवाका सभापति यूवराज केसीले संविधानको रक्षा गर्न कांग्रेसले विरोध कार्यक्रमको आयोजना गरेको बताएका छन् । पुतलीबजारका नगर सभापति बेदप्रसाद दोरगांले सरकारले एकलौटी ढंगले न्याय, प्रशासनीय अंगमा हस्ताक्षेप गरेको आरोप लगाए ।

यता, नेपाली कांग्रेस अर्जुनचापारीको वडा विरोध सभामा सभापति बोधनारायण रेग्मीले वर्तमान सरकारले संविधानको मर्यादा पालना नगरेको आरोप लगाएका छन् । गाँउपालिका अध्यक्ष दीर्घनारायण अर्यालले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संविधानको सम्मान गर्न सरकारलाई आग्रह गरे ।

नेपाली कांग्रेस फेदीखोलाका सभापति महेन्द्र थापाले बढ्दो महँगी नियन्त्रण गर्न सरकारलाई आग्रह गरे । कांग्रेसका आँधीखोला गांउपालिकाका सभापति नारायण शास्त्रीले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस कसैसँग सम्झौता गर्दैन भने ।

बिरोधसभामा नेपाली कांग्रेसका महासमिति सदस्य एंव संविधान सभा सदस्य राजु थापाले नेकपा छाडेर कांग्रेसमा प्रवेश गर्ने नवयुवाहरुलाई फुलमालाले स्वागत गरेका थिए । पछिल्लो समय कम्युनिष्ट सरकारले गरेको अनैतिक क्रियाकलापबाट कांग्रेसमा प्रवेश गर्नेको लहर चलेको थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सेनाप्रमुख हटाउने निर्णयमा राष्ट्रपतिको असहमति सेनाप्रमुख हटाउने निर्णयमा राष्ट्रपतिको असहमति २ घण्टा पहिले
आज उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना आज उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना ५ घण्टा पहिले
अपहेलनासम्बन्धी मुद्धाको प्रतिउत्तर बुझाउन सर्वाेच्च पुगे प्रचण्ड अपहेलनासम्बन्धी मुद्धाको प्रतिउत्तर बुझाउन सर्वाेच्च पुगे प्रचण्ड ३ घण्टा पहिले
देशको राजनीतिमा नैतिकपतनको प्रश्न पेचीलो बन्नु चिन्ताको विषय : जबरा देशको राजनीतिमा नैतिकपतनको प्रश्न पेचीलो बन्नु चिन्ताको विषय : जबरा १८ घण्टा पहिले
न्याय नपाउँदा लामो समयदेखि द्वन्द्व प्रभावित परिवार निराश न्याय नपाउँदा लामो समयदेखि द्वन्द्व प्रभावित परिवार निराश ५ घण्टा पहिले
चन्द्रागिरी हिल्सको शेयरमूल्य ९.८१५ बढ्यो, खरीद चाप उच्च चन्द्रागिरी हिल्सको शेयरमूल्य ९.८१५ बढ्यो, खरीद चाप उच्च ५९ मिनेट पहिले
प्रधानमन्त्री ओली आज झापा जाँदै प्रधानमन्त्री ओली आज झापा जाँदै ५ घण्टा पहिले
दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह ४ घण्टा पहिले