शंकर पोखरेल ओलीकाे उत्तराधिकारीको रुपमा उदाउँदै
कुसुम सेञ्चुरी
माघ ९, २०७७ शुक्रबार १८:४०:३४
९ माघ, काठमाडौं । विभाजित सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उत्तराधिकारीमा युवापुस्ताका नेताहरुलाई अघि सार्ने तयारी गरेका छन् ।
ईश्वर पोखरेल तथा सुवास नेम्वाङलाई विश्वास गर्न र पार्टी हाँक्ने नेताको रुपमा कार्यकर्ताले नरुचाएपछि उनले युवापुस्ताबाट आफ्ना अति विश्वसनीय नेता शंकर पोखरेललाई पार्टी अध्यक्ष बनाउने गरी तयारी थालेका हुन् ।
पार्टी विभाजनपछि ओलीले पोखरेललाई अघि सार्ने गरी कार्ययोजना बनाउन आफू निकटका युवा नेताहरुलाई निर्देशन दिइसकेका छन् । पार्टी विभाजन नहुँदै अबको नेत्तृत्व ६० बर्ष वरिपरिको दोस्रो पुस्तामा हस्तान्तर गर्ने प्रस्ताव सार्बजनिक गरेर सो तयारी थालेको भएपनि पार्टी विभाजनपछि पनि अहिले त्यसको कसरत जारी रहेको बताइएकाे छ ।
पार्टी विभाजन नहुँदै आफूपछि पार्टीको नेत्तृत्व दोस्रो पुस्तालाई दिनुपर्ने ओलीको प्रस्तावमा थियो । ६० बर्ष उमेरको प्रस्ताव शंकर पोखरेलको उमेरलाई हेरेर गरिएको स्रोतले बताएको छ । यो उमेर कायम भए ओली समूहका नेत्तृत्वका आकांक्षीहरु ईश्वर पोखरेल र सुबास नेम्वाङ स्वतः प्रतिश्पर्धाबाट बाहिरिने छन् ।
ओलीले शंकर पोखरेललाई नेत्तृत्वमा लैजान सबै प्रकारका गतिबिधि गरिरहेका छन् । पोखरेललाई बलियो बनाउनैका लागि उनले बिष्णु पौडेललाई अर्थमन्त्री बनाएर राजधानी दाङ जिल्लामा लैजाने वातावरण बनाएका थिए । पोखरेलले प्रदेशको राजधानी दाङमै बनाउने चुनावताका प्रतिबद्धता जनाएका थिए ।
विभाजनपछि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल पुनः नेत्तृत्वको आकांक्षाबाट बाहिरिएपछि ओलीका लागि सहज समेत भएको छ । ओलीकाे यस्तो प्रस्तावले यसअघि उक्त पार्टीभित्र नयाँ हलचल ल्याएको थियो । यो प्रस्तावले ओली अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय नेपाल र खनालभन्दा एक कदम अघि देखिएका थिए । यसले पहिलो पुस्ताका नेता रक्षात्मक बनेका थिए ।
त्यतिबेला नयाँ पुस्ताका नेता तथा कार्यकर्ताहरु भने उत्साहित बनेका थिए । ओलीको यो प्रस्तावले पार्टीभित्र नयाँ त्यतिबेला ध्रुवीकरण हुने निस्चित देखिएको भएपनि अहिले ओली समूहमा पनि ध्रुवीकृतको खतरा बढिरहेको छ ।
यसअघि तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनमा पनि ओलीले नेत्तृत्व हस्तान्तरणको एजेण्डा अघि सारेका थिए । त्यसबेला ओलीलाई नेत्तृत्व दिन नहुने पार्टीभित्र बलियो जनमत थियो । तर नेत्तृत्व हस्तान्तरको एजेण्डा अघि सारेपछि उनका प्रतिश्पर्धी माधव नेपाल रक्षात्मक हुन पुगेका थिए । प्रतिनिधि छनोट गर्दासम्म बलियो देखिएका माधव नेपाल यही नेत्तृत्व हस्तान्तरको एजेण्डाका कारण कमजोर बन्न पुगे र ओलीले पार्टी नेत्तृत्वमा बाजी मारे ।
अहिले पनि ओलीले नेत्तृत्व हस्तान्तरणको एजेण्डा अघि सारेर प्रचण्ड–माधव समूहलाई रक्षात्मक बनाई मात्रै दिएनन पार्टी विभाजनको अवस्थामा पुर्याइदिए । ओली समूहमा यो एजेण्डा पार्टीभित्र स्वस्फूर्त ढंगले अनुमोदन हुने अन्य नेता तथा कार्यकर्ताहरु बताउँछन् । पहिलो पुस्ताका नेताहरुले नेत्तृत्व सुम्पेर अविभावक बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता, कार्यकर्ताहरुले यो एजेण्डालाई अन्तरआत्मादेखि स्वीकार गर्ने परिस्थिति निर्माण हुने देखिएको छ । यो एजेण्डाले पार्टीमा अहिलेको समीकरण परिवर्तन हुने पनि देखिन्छ । पार्टीभित्र अब नयाँ पुस्तामा नेत्तृत्व हस्तान्तरको बिषयले नयाँ समीकरण बन्ने नेता, कार्यकर्ताहरुको अनुमान छ ।
आफ्नो समूहमा शंकरलाई नेत्तृत्व दिन अवरोधका रुपमा बामदेब गौतम, बिष्णु पौडेल र ईश्वर पोखरेल हुन भन्ने ओलीलाई सुरुदेखि नै ज्ञान थियो । सुवास नेम्वाङ् लामो समय सभामुख भएकाले उनको संगठनमा पकड नभएकाले उनलाई पार्टीबाहिर नै व्यवस्थापन गर्ने ओलीको सोच देखिन्छ । नेम्वाङबाहेक गौतम, पौडेल र ईश्वर नै शंकरका बाधक हुन भनेर ओलीले पालैपालो सबैलाई अत्यन्तै बिबादित बनाई सकेका छन् ।
पहिलो पुस्ताबाट नेत्तृत्व हस्तान्तरणको कसरत पहिलेदेखि नै हुँदै आएको थियो । पहिलो पुस्ताका नेताहरुबीच अनेकता र ब्यक्तित्व टकरावका कारण पार्टीमा ठूलो क्षति हुने सक्ने भएकाले अब नयाँ पुस्तालाई पार्टीको जिम्मा लगाएर पहिलो पुस्ता अभिभावकको भूमिकामा रहनुपर्छ भन्ने कुरा त्यतिबेलै प्रचारमा ल्याइएको थियो । यसमा सुरेन्द्र पाण्डे, भीम रावल, शंकर पोखरेल, योगेश भटराई, घनश्याम भुसाल, जनार्दन शर्मा, रामबहादुर थापा र बर्षमान पुनहरु सक्रिय थिए । तर विभाजनपछि ओलीका लागि थप सहज बन्दै गएको छ । यसको योजना पनि ओलीले तयार पारेका थिए । उनकै योजनामा शंकर पोखरेलहरुको सक्रियता बढेको थियो ।
ओली आफूपछि जसरी भएपनि पार्टीलाई शंकर पोखरेलको जिम्मा लगाउन चाहन्छन् । सुरुमा ओली समूहले आफूपछि राष्ट्रपति बिद्यादेवी भण्डारीलाई राजनीतिमा सक्रिय बनाउने रणनीति बनाएको थियो । राष्ट्रपति भण्डारीको दुई कार्यकालको अबधि पनि सकिने, गुट पनि प्रभावकारी ढंगले संचालन गर्न सक्ने र उमेर पनि पर्याप्त रहने हुनाले ओलीले पार्टीको आफ्नो उत्तराधिकारी भण्डारीलाई बनाउने तयारी गरेका थिए । तर देशको राष्ट्राध्यक्ष भइसकेको ब्यक्तिलाई राजनीतिमा सक्रिय बनाउँदा नराम्रो सन्देश जाने र यसको फाइदा प्रचण्ड माधव समूहले उठाउने संभावना देखिएपछि यो रणनीति अन्त्य गरेर ओली शंकरतिर लागेका थिए ।
कालन्तरमा प्रचण्ड र नेपाल पनि बाहिरिएपछि ओलीले पोखरेललाई अघि बढाउन झन सहज परिस्थिति बन्दै गएको सो समूहभित्र चर्चा चल्न थालेको छ । ओलीले शंकर पोखरेललाई नेत्तृत्वमा लैजान सबै प्रकारका गतिबिधि गरिरहेका छन् । पोखरेललाई बलियो बनाउनैका लागि उनले बिष्णु पौडेललाई अर्थमन्त्री बनाएर राजधानी दाङ जिल्लामा लैजाने वातावरण बनाएका थिए । पोखरेलले प्रदेशको राजधानी दाङमै बनाउने चुनावताका प्रतिबद्धता जनाएका थिए ।
तर बिष्णु पौडेलको असहयोगले उनी सफल हुन सकेका थिएनन् । यसले पोखरेललाई निकै नै रक्षात्मक बनाएको थियो । पोखरेलको अबस्था राम्रोसँग बुझेका ओलीले बिष्णुलाई अर्थमन्त्रालय दिएर राजधानी भालुवाङ लगेर पोखरेलको प्रतिबद्धता पुरा गराई दिए । यसले पोखरेललाई राजनीतिकरुपमा निकै शक्तिशाली बनाएको छ ।
आफ्नो समूहमा शंकरलाई नेत्तृत्व दिन अवरोधका रुपमा बामदेब गौतम, बिष्णु पौडेल र ईश्वर पोखरेल हुन भन्ने ओलीलाई सुरुदेखि नै ज्ञान थियो । सुवास नेम्वाङ् लामो समय सभामुख भएकाले उनको संगठनमा पकड नभएकाले उनलाई पार्टीबाहिर नै व्यवस्थापन गर्ने ओलीको सोच देखिन्छ । नेम्वाङबाहेक गौतम, पौडेल र ईश्वर नै शंकरका बाधक हुन भनेर ओलीले पालैपालो सबैलाई अत्यन्तै बिबादित बनाई सकेका छन् भने गौतम अहिले पार्टी एकताको नाममा कुनै समूहमा छैनन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
बैशाख ३१, २०८१ सोमबार
सत्ता गठबन्धन फेरिन सक्छः नेपाल
बैशाख ३१, २०८१ सोमबार
टर्की पठाउने भन्दै ४ करोड ३४ लाख रूपैयाँ ठगी गर्ने पक्राउ
बैशाख ३१, २०८१ सोमबार
देउवा र लामिछानेलाई सभामुखले भनेः आजै मिल्नुस
बैशाख ३१, २०८१ सोमबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
आगलागी नियन्त्रणमा पूर्वतयारी
बैशाख ३१, २०८१ सोमबार