नागढुङ्गामा प्रहरीको असुली धन्दा
नेपालबहस संवाददाता
माघ ९, २०७७ शुक्रबार १९:४१:१४
९ माघ, काठमाडौ । थानकोट र नागढुङ्गाको प्रहरी चेकपोष्ट भनेपछि असुलीका लागि प्रख्यात भनेर जमानादेखि परिचित हुँदै आएको छ । थानकोट वृत्तमा जान मरिहत्ते गर्ने प्रहरी प्रमुखमा केही समय अघि घनश्याम श्रेष्ठ थिए ।
हालै मात्र महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक घुसकाण्डमा निलम्बनमा परे । तर थानकोट वृत्त मातहतको नागढुङ्गामा भने प्रहरीको असुली खुलेयाम हुँदाहुँदै पनि नियन्त्रणतर्फ कसैले चासो नदिएको बताइएको छ । पहिले असई र सई इन्चार्ज हुने नागढुङ्गामा अहिले इन्सपेक्टर बस्ने गरेका छन् ।
नागढुङ्गाका प्रहरी निरीक्षक हुन हेमन्तबिक्रम थापा । उनले अति नै विश्वास गरेर घुमुवाका रुपमा राखेका छन्, हवल्दार कमल खड्कालाई । बालाजु प्रहरी वृत्त दरबन्दी भएर काजमा नागढुङ्गा गएका हवल्दार खड्का सिपाही हुँदा पनि नागढुङ्गा नै बसेका कारण उनले तस्करदेखि व्यापारीसम्म अधिकांशलाई चिन्दछन् । जसका कारण निरीक्षक थापाले उनलाई रकम उठाउने जिम्मा दिएको र उठेपछिको रकम साठी/चालिसको दरले बाड्ने गरेको समेत बताइएकाे छ।
हवल्दार भएपछि दुई बर्ष र सिपाही हुँदा एक बर्ष गरी नागढुङ्गामा तीन बर्ष बस्न सफल खड्काले जुनियर हुँदाहुँदै पनि क्वाटर माष्टर चलाएका छन् । कसैको संरक्षण भएको कारण नै खुलेयाम असुली हुँदाहुँदै पनि असुली गर्नेलाई न त कारवाही हुन्छ न त हटाउने काम नै । निरीक्षक थापा बालकोटका भएकोले आईजीपी शैलेश थापादेखि नेता महेश बस्नेतसम्मको संरक्षण रहेकोले पनि त्यही आडमा हवल्दार कमल खड्काको चुरिफुरी बढेको र जति असुली गरेपनि कारवाही त परै जावोस हटाउने काम पनि नभएको नाम नबताउने शर्तमा एक असईले जानकारी दिए ।
महेन्द्रनगर र भद्रपुरबाट काठमाडौ आउने बसहरूमा तस्करीको कपडा, रेडबुल , सूर्ति लगाएका सामान आउँछन। त्यस्ता सामानको आधाको बिल हुने र आधाको बिल हुँदैन । त्यस्ता हरेक बसहरूबाट दश हजारका दरले रकम असुल्ने काम खड्कामार्फत हुने गरेको उजुरी मेट्रो र मुख्यालयसम्म पुगेपनि कुनै छानबिन नभएको कार्यरत प्रहरी नै बताउँछन् ।
यसका अलवा देउराली भन्ने ठाउँमा मोहन तामाङको ढुङ्गाखानी छ । उक्त ढुङ्गाखानी वडाले स्वीकृत दिएपनि चन्द्रागिरी नगरपालिकाले दिएको छैन् । उक्त ढुङ्गाखानीबाट दैनिक १२/ १३ वटा ट्रिपर चल्छ। त्यसबाट समेत खड्काले रकम असुली गर्ने गरेको उजुरी परेपनि केही नभएको प्रहरी नै बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार