केपी ओली भगौडाः माधव नेपाल
नेपालबहस संवाददाता
माघ ९, २०७७ शुक्रबार २१:३४:८
९ माघ, काठमाडाैं । नेकपा प्रचण्ड–माधव समूहकाे राजधानी केन्द्रित आन्दोलनले प्रधानमन्त्री केपी ओलीको सातो लिने उद्घोष सो पार्टीका नेताहरुले गरेका छन् । राजधानीका विभिन्न स्थानबाट निकालिएको जुलुस यतिबेला भृकुटीमण्डप अगाडि विरोधसभामा रुपान्तरित भएको छ ।
उक्त विरोधसभालाई संवोधन गर्दै नेताहरुले ओलीप्रति आक्रोश पोखे । ओली कम्युनिष्ट पार्टीको नाममा प्रतिक्रियावादी तत्व भएको भन्दै नेताहरुले ओलीलाई भगौडा र प्रतिगमनको पुच्छर भएको बताए । पार्टी अध्यक्ष माधवकुमार नेपालले ओली नक्कली कम्युनिष्ट भएको भन्दै उनलाई पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गरिएको बताए ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाउन उद्यत् ओलीलाई गलहत्याएर आफूहरुले राम्रो काम गरेको उनको दाबी थियो । यसअघि बोल्दै वरिष्ठ नेता झलनाथ खनालले नेकपाको आधिकारिकता मापन गर्न राजधानीमा उर्लेको जनसागर हेरे पुग्ने भन्दै ओलीलाई काठमाडौंको सडक हेर्न चुनौती दिए ।
सानो गुटको नेता बन्ने ओलीको रहर पूरा हुने तर नेकपा भन्ने दलसँग भने कुनै साइनो नरहने उनले बताए । यस्तै स्थायी कमिटी सदस्य घनश्याम भूषालले ओलीको शक्ति क्षिण भइसकेको भन्दै केवल साइबर सेनाको नेतृत्वमै चित्त बुझाउन सल्लाह दिए । विरोधसभा जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोलि मतदान हुने इलाम र बझाङमा सबै सवारीसाधन निर्वाध चल्न दिने आयोगको निर्णय
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्री दाहाल मोरङमा
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गणेशमान सिंह क्रिकेटमा सुदूरपश्चिम विजयी
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
बन्दिपुर जाने बाटोको प्राकृतिक मनोरम दृश्य
बैशाख १४, २०८१ शुक्रबार
मुम्बईको अदालतले दियो रवि किशनलाई ठूलो राहत, डीएनए परीक्षण गर्न अस्वीकार
बैशाख १४, २०८१ शुक्रबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
भरतपुरका होटलले पर्यटकलाई छुट दिने
बैशाख १४, २०८१ शुक्रबार