सेटिङको खेती
नेपालबहस संवाददाता
माघ ११, २०७७ सोमबार ०:५३:३३
राम्रै तरिकाले चलिरहेको छ दिनचर्या अचेल
अदालतमा ज्वाईं पालेको छु
छिमेकीका लागि पनि सेटिङ्ग मिल्दैछ
मास्तिरकालाई फकाउँदैछु
तल्तिरकालाई आफैले बोलाएर अलिकति सम्झाएँ
बाँकी कुरा मिलाउनकै खातिर
अर्कालाई उतैतिर निहुरिन पठाउँदै छु ।
म को हुँ ? मलाई नै थाहा छैन्
बाटामा पँलेटी कसेर बस्नेहरु मात्र हैन,
हामी यहाँ छौं भनेर विज्ञापन गर्नेहरुलाई पनि
मलाई अहिले चिन्ने फुर्सद छैन्
म त अहिले राजावादीहरुका वकिललाई चिन्छु
केही समस्या पर्यो भने पनि बाल चिन्ता छैन्
फुत्त निस्कन्छु, सिधैं शितलनिवासको बाटो हिडछु ।।
अहिले म कि त संसद बिघटन चिन्छु
कि त मध्याबधि निर्वाचन चिन्छु
निर्वाचन आयोगमा मिलाईएको सेटिङ्ग
अनि सर्बोच्च अदालतमा मिलाईएको
कमिशन र लेनदेनको कारोबार चिन्छु
मेरा पक्षमा उभिने आँट गर्नेलाई
अहिल्यै केन्द्रीय सदस्यको बिल्ला दिन्छु
त्यसभन्दा बाहेक मैले कसैलाई चिनेको छैन्
बालुवाटार छोडेर धेरै भो कही कतै हिडेको पनि छैन्
मेरो काम अहिले यतै तिरबाट गराउनुछ
फुटेर गएकाहरुलाई यिनीहरुबाटै हराउनु छ ।।।
देशको प्रधानन्यायधीशलाई मैले अहिलेसम्म
देख्न त परै जाओस् चिनेको पनि छैन्
सर्बोच्च अदालत कतातिर पर्छ अचेल त खै ?
मलाई त्यसको राम्रो गरि एरियै पनि थाहा छैन्
चिनेर मात्रै काम बन्दैन हजुर आजकाल
आफ्नाे अनुकुल बनाउन कि त यति रोज्नुपर्छ
कि त ओम्नी खोज्नुपर्छ ।
बिश्वास गर्न पनि गाह्रो छ आजकल
सबै आफ्नैले डुबाउँछन्
उनीहरुलाई माथि उठाउन खोज्यो
आफैलाई रसातलमा पुग्ने गरी गिराउँछन् ।।।।
यस्तै छ यहाँ के गर्नु ? सालोले महानगर डुबायो
गोफ्ले भन्ने केटोले छँदाखाँदाको सेटिङ्ग तुहायो
यति र ओम्नीको त अचेल नामै लिन मन छैन्
धेरै भो उत्तर तिरबाट पँहेलो धातु पनि आ’ छैन
आफ्नै भनाउँदाले समेत लात हानेर हिडेपछि
आफ्नाे त बरै छँदाखाँदाको लगौंटी पनि
बीच बाटो मै नराम्रोसँग च्यातिएको छ
तैपनि नाङ्गै त कुन मुखले भनौं खै ?
मुखै सियो जस्तो तिखारिएको छ भन्छन्
बोली नुडल्सजस्तो बटारिएको छ भन्छन्
लगौंटी सिलाउने मेसिनका पार्टपूर्जा फेर्दाफेर्दै
कामै नलाग्ने पुरानो भैसकेको छ
आउँदो चुनावमा नयाँ मेसिन जोडौला भनेको
आधी बाटोबाटै तीन पाङ्ग्रा तीनतिर मोडिएको छ ।।।।।
राम(ठोरी) देखि बाम(बामदेव) सम्मको अस्त्र
कामै नलाग्ने गरी निकम्बा भएपछि
जति प्रयास गर्दा पनि देउवा पटक्कै नफकिएपछि
संगैका दौतरीले समेत साथ छोडेर गएपछि
बाध्यताको सातु बिना सितन मुँक्याउँदैछु
कतै अदालत त कतै निर्वाचन आयोगलाई झुक्याउँदैछु ।
तैपनि त्यही विवशताले च्यातिएको लगौटी
धाकधम्कीको धागोले सिलाउने प्रयास गर्दैछु ।।।।।
लाज त पचिसकेको छ मेरो
शरम टाल्ने (लुकाउने) प्रयास गर्दैछु
प्रचण्ड, माधव, झलनाथको क्यारिकेचर गर्दै
कहिले ब्यङ्गयबाणले खसाउँदैछु
कहिले जनमानस मै पुगेर मज्जाले हसाँउदैछु
आफ्नाे अलिअलि बचेखुचेको ईज्जत पनि
प्रदेश भेलामा लगेर बिसाउँदैछु
मेरा बिरुद्धमा बोल्नेहरुलाई
उठनै नसक्ने गरी कठबाँसको डण्डाले
छामीछामी ढाँडमा बर्साउदैछु ।।।।।।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाइग्रेसले नेपालका विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिने
चैत २६, २०८० सोमबार
ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा
चैत २५, २०८० आइतबार
'जून ओर्लेको रात' बजारमा
चैत १४, २०८० बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
गुडको यो उपायले सफलता मिल्छ, धनसम्पत्ति बढ्छ
बैशाख १५, २०८१ शनिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १५, २०८१ शनिबार
राष्ट्रिय सम्पत्ति जलिरहेको छ, देशको वास्तविकता ख्याल नगरी कस्ता योजना आउने होलान् ?
बैशाख १५, २०८१ शनिबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार