आज सुनखानीमा थुनिएका सात जनाको १४ उद्धार
नेपालबहस संवाददाता
माघ ११, २०७७ आइतबार १९:३९:१६
११ माघ, एजेन्सी । उत्तरी चीनको साङडोङ प्रान्तस्थित एक सुनखानीमा थुनिएका सात जनाको १४ दिनपछि आइतबार उद्धार गरिएको छ । विष्फोटपछि खानीको सुरुङ पुरिँदा २२ जना मजदुरहरु भित्र थुनिएका थिए । अन्य मजदुरहरुको पनि उद्धारको प्रयास भइरहेको अधिकारीहरुले बताएका छन् ।
चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सका अनुसार आइतबारसम्म सात जनाको उद्धार भएको छ । उद्धार गरिएका पहिलो मजदुर भने यसअघि नै उद्धारकर्तासँग सम्पर्कमा जोडिएका ११ जनाभन्दा फरक सेक्सनमा थिए । उनको अवस्थामा निकै कमजोर छ ।
घटना भएको एक सातापछि मात्र भित्र थुनिएका ११ मजदुरहरुसँग उद्धारकर्ताहरुको सम्पर्क हुन सकेको थियो । उनीहरु जमिनभन्दा ५८० को गहिराइमा थिए । उनीहरुमध्ये एकजनाको टाउकोमा लागेको चोटको कारण मृत्यु भएको थियो ।
अर्का एक मजदुर थप एक सय मिटर गहिराइमा फसेको हुन सक्ने अनुमान छ । अन्य नौ मजदुरहरु भने विष्फोट भएयता कहाँ छन् भन्ने पत्ता लागेको छैन । उनीहरुको अवस्था निकै कमजोर भइसकेको हुन सक्ने जानकारहरुले बताएका छन् ।
शुक्रबार उद्धार टोलीले मजदुरहरुको उद्धारको लागि अझै दुई साताभन्दा बढी समय लाग्न सक्ने बताएका थिए । उद्धारहरुले अहिले सुरुङको आपतकालीन प्रवेशद्वार ठूलो बनाउँदै उद्धार गर्ने प्रयास गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १४, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार