भूकम्पको असरले विस्थापित भएकालाई जग्गा व्यवस्थापन
नेपालबहस संवाददाता
माघ ११, २०७७ आइतबार २०:१९:६
११ माघ, रसुवा । भूकम्पको असरले हाकु क्षेत्रको थातथलो छाडी विस्थापन हुन पुगेका बासिन्दालाई दक्षिणी भेगमा बसोबास मिलाउन जग्गा व्यवस्थापन गरिएको छ । साविक हाकुु गाविस वडा नं ८ र ९ हाल उत्तरगया गाउँपालिका वडा नं १ गोगने, तिरू, मैलुङ गाउँबाट विस्थापित परिवारलाई उनीहरूको चाहना र भूगर्भविद्को सिफारिसका आधारमा एकीकृत बस्तीका लागि जग्गा अधिग्रहण गरिएको हो ।
जिल्ला पुनःनिर्माण प्राधिकरणका प्रमुख विश्वराज मरासिनीका अनुसार विस्थापितमध्ये १२८ घर परिवारका लागि वडा नं ५ तल्लो पहिरेबेँसीको खाल्टे इलाका क्षेत्रमा ३७ रोपनी जग्गा खरीद गर्ने काम सम्पन्न गरिएको छ । जग्गा व्यवस्थापनअन्तर्गत एकैथलोमा बस्न चाहेका थप ५४ घरपरिवारका विस्थापितलाई समेत सोही स्थानमै २४ रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढिरहेको बताइन्छ ।
बस्ती राख्नका लागि राज्यका तर्फबाट खरीद भएको जग्गामा कादुरी नामक गैरसरकारी संस्थाले २०० घर बनाई सहयोग गरिदिने प्रतिबद्धता जनाइसकेको प्रमुख मरासिनीले बताए । यसैगरी एकीकृत बस्तीको अवधारणाअनुरूप गाउँपालिकाको वडा नं १ माथिल्लो तिरू क्षेत्रमा १२५, वडा नं ५ को बनुवाछापमा १५, सोही वडाकै बोगटीटारका क क्षेत्रमा ५३ एवं ख क्षेत्रमा १५ घरका साथै नौकुण्ड गाउँपालिकाको वडा नं १ लाङ्बुमा २२ घर विस्थापित परिवारका लागि जग्गा खरीद कार्य सम्पन्न गरी आवास निर्माणको प्रक्रियामा अगाडि बढाइएको बताइएको छ ।
भिरालो भूभाग क्षेत्रमा बसोबास भएका कारण विसं २०७२ को भूकम्प धक्काले गोगने, तल्लो तिरू, मैलुङ, करूम्राङ, सिर्चेत, खड्कु र चिप्लेटीसमेतका गाउँलाई असर पु¥याउँदा सुरक्षित स्थानको खोजी गर्दै त्यस क्षेत्रबाट हिँडेका ६०० भन्दा बढी विस्थापित परिवार दक्षिणी भेकका विभिन्न स्थानमा छरिएर बासस्थान लिइरहेका छन् । विस्थापितमध्येका करीब ३०० घरपरिवार बेत्रावती र नयाँपुलबीच त्रिशूली नदीको खाल्टे बगरमा अस्थायी बसोबास गरिरहेका छन् भने अन्य विस्थापित शान्ति बजारलगायतका स्थानमा छन् ।
आफ्नो जीवन निर्वाह सहज हुन्छ कि भन्ने आकाङ्क्षअनुरूप विस्थापितमध्येका ३७ घरपरिवार नुवाकोटकोे किस्पाङ गाउँपालिका वडा नं ३ खोलेबेंसीमा बसोबास गर्न गएको विस्थापित बस्ती स्थानान्तरण सङ्र्घष समितिका संयोजक छेकु लामाले जानकारी दिनुभयो । भूकम्प गएलगत्तै थातथलो छाडेर बेत्रावती आसपास गएका अधिकांश विस्थापितले अर्काको जमिनमा खनजोत गरी उब्जाएको आधा भाग कृषिउपजबाट मुस्किल मुस्किलले जीवन निर्वाह गर्दै आएका छन् ।
त्रिशूली नदीको बगरमा पुस, माघ महिनामा हुने चिसो, वैशाख तथा जेठ महिनामा हुने अत्यधिक गर्मीलाई समेत कुनै प्रवाह नगरी खाल्टे क्षेत्रमा बस्ने विस्थापित परिवारले जस्ताको टहरोमा कष्ठकर जीवन बिताइरहेका छन् ।
विस्थापितको सामाजिक परिवर्तन
गोगने क्षेत्रबाट विस्थापित परिवारमा भने सामाजिक परिवर्तनमा निकै फरक आएको छ । भिरालो पाखो भौगोलिक विकट रहेको कुनाकाप्चाबाट विस्थापित भई ठूलो मिश्रण बस्तीको दक्षिणी भेकमा पुग्दा बोलीचाली, वेषभूषा, सरसफाइ, बालबालिकाको पठनपाठनमा समेत आमूल परिवर्तन आएको संयोजक लामा बताउछन् ।
बालबालिकाको पठनपाठन बोगटीटारस्थित नीलकण्ठ माविमा गुणस्तर तवरले अगाडि बढिरहेको, बाक्लो गाउँ छेउछाउमा भएकाले सानोतिनु काम पाउँदा प्राप्त ज्यालाबाट नून तेलको गर्जो टार्न र बालबालिकालाई कलम कापी खरीदमा सहजता हुँदै गएको बताइन्छ ।
भूकम्पको धक्काले चीराचीरा भएको जमिनमा जोखिमपूर्ण तवरले बस्नुभन्दा भविश्यका कर्णाधार बालबालिकाको उज्जल भविश्य निर्माणका लागि तल्लो पहिरेबेंसी क्षेत्रमा बसोबास क्षेत्र रोजिएको समेत संयोजक लामाले बताए ।
तीन÷तीन आनामा बसोबासको आवास निर्माण गर्न चालिएको कदमले विस्थापित परिवारमा उमङ्ग बढ्दै गए पनि धर्म संस्कृति संरक्षणका लागि गुम्बाका साथै स्वास्थ्य केन्द्र, विद्यालय, विश्राम चौतारी, मरणघाट र बालबालिकाको खेल मैदान जस्ता संरचनाको व्यवस्थापनसमेतमा सरकारले विषेश ध्यान पु¥याइदिनेमा आफूहरू आशावादी भएको विस्थापित परिवारले बताएका छन् । पुनः निर्माण प्राधिकरणले भने तल्लो पहिरे क्षेत्रमा निर्माण गरिन लागेको आवास नजिक बुद्ध गुम्बा र सामूहिक हल निर्माण गरिने कार्ययोजना रहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफलफूल, तरकारी र दूध उत्पादन गर्ने किसानलाई अनुदान
जेठ १, २०८१ मंगलबार
जलजलामा ७५ हेक्टरमा सुन्तलाजन्य फलफूल विस्तार गरिने
बैशाख ३०, २०८१ आइतबार
लामो समयपछिको वर्षाले किसानलाई राहत
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार
सुकेधारामा पुरुषको शव फेला
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
अफगानिस्तानमा चालीस हजार बालबालिका घरबारविहीन
जेठ १, २०८१ मंगलबार
जीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार