बाढीपहिराको उच्च जोखिममा तनहुँ
नेपालबहस संवाददाता
माघ ११, २०७७ आइतबार २०:५७:११
११ माघ, दमौली । यस वर्षकोे बाढीपहिराका कारण तनहुँमा १४ जनाले ज्यान गुमाए । गत असार र साउनमा परेको वर्षापछि आएको बाढीपहिराका कारण ऋषिङ गाउँपालिकामा पाँच, व्यास नगरपालिकामा छ, भानु नगरपालिकामा दुई र म्याग्दे गाउँपालिकामा एक जनाले ज्यान गुमाए ।
बाढीपहिराका कारण जिल्लाका दशवटै स्थानीय तहमा थुप्रै घरमा क्षति पुग्यो । त्यसमध्ये २४७ घर भत्किएर बस्न नमिल्ने भयो । जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार भीमाद नगरपालिकामा २९, घिरिङ गाउँपालिकामा आठ, देवघाट गाउँपालिकामा १८, शुक्लागण्डकी नगरपालिकामा २१, भानु नगरपालिकामा ३२, आँबुखैरेनी गाउँपालिकामा छ, बन्दीपुर गाउँपालिकामा १३, म्याग्दे गाउँपालिकामा ४१, ब्यास नगरपालिकामा ७७ र ऋषिङ गाउँपालिकामा दुई घरमा पूर्ण क्षति भयो ।
जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको तनहुँको विपद् प्रतिकार्य योजना २०७७ अनुसार जिल्लाका अधिकांश स्थानीय तह बाढीपहिराको उच्च जोखिममा देखिएका छन् । स्थानीयस्तरमा हुने विकास आयोजना तथा ठूला पूर्वाधारका आयोजना निर्माण र विकासको चरणमा सम्भाव्य विपद्को अवस्था र त्यसबाट पुग्न सक्ने सम्भाव्य क्षतिलाई विचार गरी विपद् व्यवस्थापनलाई मूल प्रवाहीकरण गर्न सकेमा विपद्को जोखिम न्यूनीकरण गर्न सकिने समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।
“विपद् प्रतिकार्य योजनाले तनहुँमा आइपर्ने जोखिमको सामना तथा विपद्बाट हुने क्षतिको न्यूनीकरणमा ठूलो सहयोग पुग्ने अपेक्षा गरेका छौ”, उनले भने, “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को कार्यान्वयनको सिलसिलामा सबै स्थानीय तहमा स्थानीय विपद् व्यवस्थापन समितिको गठन प्रक्रिया शुरु भइसकेको छ ।”
विपद् प्रतिकार्य योजना अनुसार पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकांश क्षेत्रमा पहिराको बढी जोखिम छ । विगतको घटनाका आधारमा बाढीपहिरो, आगलागी, खडेरीलगायतबाट जोखिम क्षेत्र पहिचान गरिएको विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमाका लागि सङ्कटासन्नता र क्षमताको विश्लेषणका आधारमा आठ वटा विषयगत क्षेत्र निर्धारण गरिएको छ ।
“यस योजनाले कार्यान्वयन गर्ने संस्था र सहयोगी संस्थाको भूमिका तथा जिम्मेवारी स्पष्ट रुपमा पहिचान गरेको छ”, प्रजिअ आचार्यले भन्नुभयो, “हरेक विषयगत क्षेत्रलाई एक निश्चित् संस्थाले नेतृत्व गरेको छ ।” आपत्कालीन उद्धारका लागि जिल्लामा पर्याप्त मात्रामा सामग्री तयारी अवस्थामा राखिएको छ । कालीभञ्जन गणले सेनानीको नेतृत्वमा बञ्चरो, फायर स्वाटर, फायर रेक, फायर साभेल, एक्सटिङ्गुइसर, क्याराबिनर फिगर, लाईफ ज्याकेटलगायतका सामग्री व्यवस्थापन गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले उद्धारका लागि २५ जनाको प्रहरी टोली, ट्युब, नाइलन डोरी, स्टे«ेचर, लाइफ ज्याकेट, कोदालो, गैंची, बञ्चरो, भ¥याङ, सशस्त्र प्रहरी बल नेपाल नं २३ गणले प्रहरी निरीक्षकको नेतृत्वमा प्रतिकार्य स्वयंसेवक व्यवस्थापन परिचालनमा १० जना, प्राथमिक उपचार स्वयंसेवक व्यवस्थापन परिचालनमा सात जना, राहत सामग्री व्यवस्थापनमा ५० जनाको टोली तयारी अवस्थामा राखेको छ ।
शिक्षा, विकास तथा समन्वय एकाइ, कृषि ज्ञान केन्द्र, सडक डिभिजन कर्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, भू तथा जलाधार व्यवस्थापन कार्यालय, डिभिजन वन कार्यालय, गैरसकारी संस्था महासङ्घ, जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालयलगायतले पनि विपद्का बेला आवश्यक सामग्रीको व्यवस्थापन गरी तयारी अवस्थामा राखिएका छन् ।
दश स्थानीय तहमा हेलिप्याड
जिल्लाका दश वटै स्थानीय तहमा विपद् व्यवस्थापन र खोज उद्धार कार्यको स्थानीय आवश्यकता परिपूर्तिका लागि विभिन्न वडामा हेलिप्याड निर्माण गरिएको छ । ठूलो विपद्को घटना भएमा जनतामा सजिलैसँग खाद्यान्न, लत्ताकपडा, औषधि, उपचार सामग्री पु¥याउन हेलिकप्टर अवतरण गर्न सक्ने गरी हेलिप्याड निर्माण गरिएको प्रजिअ आचार्यले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागलुङमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते
बैशाख १४, २०८१ शुक्रबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार