काभ्रेपलाञ्चोकमा तीन हजार ५८१ कोभिसिल्ड आवश्यक
नेपालबहस संवाददाता
माघ १२, २०७७ सोमबार १६:३४:९
१२ माघ, काभ्रेपलाञ्चोक । पहिलो चरणमा काभ्रेपलाञ्चोकमा तीन हजार ५८१ कोरोना भ्याक्सिन ‘कोभिसिल्ड’ आवश्यक पर्ने भएको छ । सरकारी रणनीतिअनुसार पहिलो चरणमा कोरोना सङ्क्रमणविरुद्ध अग्रभागमा रहेर कामगर्ने विभिन्न क्षेत्रका व्यक्तिलाई उक्त खोप दिन आवश्यक रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको हो ।
पोष्टले अग्रभागमा काम गर्ने ७४९ सरकारी स्वास्थ्यकर्मी, एक हजार ३६८ निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, ९५५ महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय तहको सरसफाइ क्षेत्रमा कार्यरत १११, निजी क्षेत्रका स्वास्थ्य संस्थाका सरसफाइमा कार्यरत २२८ लाई पहिलो चरणको कोरोना सुई लगाइने जनाएको हो । यसैगरी कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटेका १२६ सुरक्षाकर्मी तथा अस्पतालका सुरक्षा गार्ड र ४४ एम्बुलेन्स चालकलाई खोप लगाउने तयारी भइरहेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिए ।
यही माघ १४ गतेदेखि नमोबुद्ध नगरपालिकास्थित प्रादेशिक मेथिनकोट अस्पताल र धुलिखेल अस्पतालबाट उक्त सेवा उपलब्ध हुने तयारी भइरहेको छ । कोरोनाविरुद्ध अग्रभागमा काम गर्ने पहिचान गरिएका व्यक्तिलाई पहिलो चरणअन्तर्गत उक्त खोप दिइन लागेको हो । “भ्याक्सिन अघिल्लो दिन सम्बधित अस्पताल आइपुग्ने तयारी भइरहेको छ, दुई अस्पतालबाट स्थानीत तह÷भेग र सेवाक्षेत्र अनुसार भ्याक्सिन सेवा उपलब्ध गराउने तयारी गरेका छौँ”, डा झाले भने । उनका अनुसार भ्याक्सिनपछि केहीको स्वास्थ्यमा नकारात्मक देखिनसक्ने भएकाले दुई अस्पतालमा नै ‘आकस्मिक बेड’ तयारी अवस्थामा राखिनेछ । पहिलो चरणमा पनि एक व्यक्तिलाई दुई पटकअर्थात् दुई हप्ताको फरकमा अर्को खोप लगाइनेछ । भारत सरकारले गत हप्ता नेपाल सरकारलाई ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराएको थियो ।
यसैबीच काभे्रपलाञ्चोकमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्यतातर्फ लागेको छ । आइतबार कोही पनि सङ्क्रमित देखिएनन् तर पनौती नगरका एक ७४ वर्षका कोरोना सङ्क्रमित वृद्धको मृत्यु भयो । गत पुस २९ गते सङ्क्रमण पुष्टि भएका ती वृद्धको मृत्यु भएपछि आइतबारसम्ममा काभ्रेपलाञ्चोकका ४५ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ३१ पुरुष र १४ महिला रहेको पोष्टले जनाएको छ । साथै अन्य जिल्लाका काभ्रेपलाञ्चोकस्थित अस्पतालमा कोरोना भाइरस् सङ्क्रमण उपचारका क्रममा १२ पुरुष र चार महिलाको मृत्यु भएको छ ।
शनिबार पनौतीकै एक पुरुष तथा शुक्रबार पनि धुलिखेलका एक पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । त्यअघिका दिनमा पनि केहीमा मात्रै कोरोना सङ्क्रमण देखिएको डा झाले बताए । उनले भने, “आवश्यकतामा मात्रै परीक्षण हुने गरेको छ, जोखिम घट्दै गएकाले कन्ट्याक्ट टे«सिङ पनि गर्न आवश्यक देखिएको छैन ।” उहाँका अनुसार पछिल्लो हप्तादेखि कोरोना सङ्क्रमणको लक्षण देखिएकाको मात्रै परीक्षण हुने गरेको हो ।
पोष्टका अनुसार हालसम्म जिल्लामा तीन हजार ३२४ मा कोरोना सङ्क्रमण देखिएको थियो । सङ्क्रमित एक हजार ९७० पुरुष र एक हजार ३५४ महिलामध्ये तीन हजार २४९ अर्थात् ९७ दशमलव ७४ प्रतिशत सङ्क्रमणमुक्त भइसकेका छन् । सङ्क्रमणमुक्त हुनेमा एक हजार ९३९ पुरुष र एक हजार ३१० महिला हुन् । हाल जिल्लाका १६ महिला र १४ पुरुष सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये एक महिला अस्पताल र बाँकी सबै होम आइसोलेशनमा उपचाररत रहेको पोष्टले जनायो ।
हाल काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये छ तह पाँचखाल र नमोबुद्ध नगरपालिका तथा रोशी, महाभारत, खानीखोला र चौँरीदेउराली गाउँपालिका सङक्रमणमुक्त भएका छन् । हाल बनेपा नगरमा १४, धुलिखेलमा चार, पनौतीमा आठ, मण्डनदेउपुरमा एक तथा भुम्लु गाउँपालिकामा एक, बेथानचोकमा एक र तेमाल गाउँपालिकामा एक सङ्क्रमित रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनेबीचको खाडल घटाउनुपर्छ : अध्यक्ष दाहाल
बैशाख ३१, २०८१ सोमबार