आइतबार , फागुण २३, २०७७

मंगलवार नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

मंगलवार नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

१२ माघ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवारसम्म रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि माघ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्दैछ ।

सोही कारण (मंगलवार) माघ १३ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश कर प्रयोजनसहित गरी कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त प्रस्ताव पारितका लागि कम्पनीले माघ २८ गते साधारण सभा बोलाएको छ । सभा होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजे शुरु हुनेछ ।

साथै, सभाले कम्पनीको विद्यमान प्रबन्धपत्र तथा नियामावलीमा भएको व्यवस्था अनुसार कम्पनीको प्रतिशेयर मूल्य १०० रहेकोमा सो शेयर मूल्य सम्बन्धी व्यवस्थालाई परिवर्तन गरी शेयरमूल्य ५० कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यो प्रस्ताव सम्बन्धित निकायबाट स्वीकृति पाएपछि मात्र लागू हुने कम्पनीले जानकारी गराएको हो । साथै, सभाले सञ्चालक समितिबाट सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय