हिउँ परेपछि हुम्लामा खुशीयाली
नेपालबहस संवाददाता
माघ १२, २०७७ सोमबार १९:५९:४३
१२ माघ, हुम्ला । हुम्लातिर एउटा भनाइ छ, ‘पुसको हिउँ शिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला र चैतको हिउँ फात्फुत ।’ यसपालि लामो समयसम्म हिउँ नपर्दा हुम्लीहरू चिन्तित भएका थिए । पुस १९ गते हुम्लामा हिमपात भएपछि हुम्लीहरू खुशी देखिएका छन् ।
हिउँबिना हुम्लीको जीवन चल्दैन । हुम्लीहरू हिउँदमा कम्तीमा पाँचदेखि १० फिटजति हिउँ पर्नुलाई अति राम्रो मान्छन् । हिउँ परेपछि जाडो बढ्नुका साथै परिवारमा एक प्रकारको खुशी पनि भित्रिन्छ । हिउँ हुम्लाका लागि सिँचाइको मुख्य स्रोत पनि भएकाले समयमा हिउँ परेन भने हुम्लामा खेती उब्जनी प्रभावित हुने गर्दछ ।
सिमकोट गाउँपालिका–५ की बदुमा रावत भन्छन्, “हिउँ पर्नु हाम्रा लागि शुभ सङ्केत पनि हो ।” हिमपात हुँदा कृषि, वन, वातावरण तथा सामाजिक जनजीवनमा समेत सकारात्मक प्रभाव पार्ने नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाका पूर्वअध्यक्ष कर्ण रोकाया बताउछन् । पहिला–पहिला प्रत्येक वर्ष पाँचदेखि १० फिटसम्म हिमपात सजिलै हुन्थ्यो । जलवायु परिवर्तनका कारण केही वर्षदेखि कम हिमपात हुन थालेपछि स्थानीयवासी चिन्तित हुँदै गएका छन् । भदौ महिनादेखि पानी नपर्दा यहाँको खोलानालामा पानी सुक्दै गई खेतीपातीमा प्रभाव परेको थियो ।
पुुसको अन्तिम साता हिमपात हुँदा किसानको मुहारमा खुशी छाएको छ । सिमकोट गाउँपालिका–३ का ज्येष्ठ नागरिक छिरिङ लामा सुनाउछन्,“समयमै हिउँ पर्यो । अब खेती राम्रो हुन्छ ।” समयमै हिउँ नपर्दा विभिन्न प्रकारको रोगव्याधि पनि फैलिन्छ । हिउँ जडीबुटीका लागि पनि अत्यावश्यक हुने उनको भनाइ छ । हिउँ जीवन धान्न हिउँ नभई नहुने भएपनि बुढाबुढी, बालबालिका र रोगीका लागि भने हिउँपर्नु राम्रो मानिंदैन । स्थानीय तहले हिमपातबाट बालबालिका र वृद्धवृद्धालाई बचाउन सूचना पनि जारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार