आयोगको निर्णयले को-खुशी ?
कुसुम सेञ्चुरी
माघ १२, २०७७ सोमबार २०:२५:७
१२ माघ, काठमाडौं । निर्वाचन आयोगले नेकपा औपचारिक रुपमा विभाजन भएको मानेन् । अर्थात, पुष ५ गते अगावैको अवस्थालाई उसले मान्यता दियो । त्यसको मतलव प्रधानमन्त्री केपी ओली अहिलेपनि नेकपाकै अध्यक्ष हुन्, त्यो पनि पहिलो । आयोगले माधव नेपाललाई नेकपाको अध्यक्ष भएको थाहा छैन भन्याे साथै, ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत बेदखल गरेको उसको सरोकारको विषय भएन । यो अवस्थालाई दुबै पक्षले आफ्नै ढंगले व्याख्या गरेका छन् ।
धेरैले आयोगको निर्णय ओली अनुकुल भएको विश्लेषण गरेका छन् । किनभने पार्टीको बहुसंख्यक केन्द्रीय सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षमा छन् । ४४१ सदस्यीय केन्द्रीय कमिटी नै आधिकारिक हो । त्यसको झण्डै दुईतिहाई सदस्य ओली इतर देखिएका छन् । त्यसैले आयोगले सोझै यही समूहलाई आधिकारिक मान्नुपथ्र्याे । तर मानेन । बरु दुबै पक्षलाई प्रकृया नपुगेको भनेर यथास्थितिमा राखिदियो ।
आयोगले यसरी यथास्थितिमा राखेपनि नेकपा दुई फ्याक भइसकेको छ । ओली र प्रचण्ड–माधव समूह कम्तिमा आयोगले भनेकै भरमा एकतावद्ध हुने आधार देखिंदैन् । त्यसैले आयोगको यो निर्णयले दुबै पक्षलाई घाटा नै पुगेको छ । पुष ५ गतेयताका राजनीतिक घटनाक्रमले नेकपा सग्लो भएको मान्ने आधार छैन् ।
तर आयोगले यस्तो गलत काम किन गरेको हो ? धेरैले रहष्यमय मानेका छन् । जानकार भन्छन्–ओलीप्रति नै नरम नीति राख्नाले यस्तो गोलमटोल निर्णय भएको हो । यथास्थितिमा चुनाव भयो भने ओली नै पहिलो नम्बरका अध्यक्ष हुने र टिकट बाँड्नेदेखि चुनाव चिन्हसमेत ओलीकै खटनपटनमा हुनेछ । त्यसले ओली माथि पर्ने अवस्था सिर्जना हुन्छ ।
उता, प्रचण्ड–माधव समूहले मरता क्या न करता भनेजस्तो कमसे कम अहिल्यै ओलीको पक्षमा त निर्णय गरेन नि भनेर चित्त बुझाउनुपर्ने भएको छ । धरैले आयोगको निर्णय ओलीलाई खुशी बनाउने पो हुने हो की भन्ने अनुमान गरेका थिए । तर त्यो आँट भने सोझै गर्न सकेन आयोगले । तर घुमाउरो पाराले भने उसले ओलीलाई नै फेवर गरेको हो ।
प्रचण्ड–माधव समूहले केन्द्रीय कमिटी संख्या पुुरानै कायम गरेकोमा भने सन्तोष प्रकट गरेको छ । अर्थात, ४४१ सदस्यीय कमिटी नै वैधानिक भनेकोले राहतको अनुभूति भएको हो । नत्र ओली पक्षले त १५०१ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । त्यसलाई मानिदिएको भए ओली नै आधिकारिक हुने अवस्था निर्माण हुन सक्थ्यो ।
यस्तो अलमलमा परेपछि के गर्ने भनेर प्रचण्ड–माधव समूह विखलबन्धमा परेको छ । आयोगको निर्णयमाथि चित्त बुझेको छैन , त्यसैले पुनराबलोकनमा जाने की भन्ने सोच नेताहरुले बनाएका छन् । तर आयोगका पदाधिकारीहरुको सोच र व्यावहारप्रति धेरै विश्वासपनि छैन यो समूहलाई । त्यसैले यसको छिनोफानो गर्न अदालत नै जाने की भन्ने कोणबाट समेत विमर्श भइरहेको छ । यसबारे छलफलमा जुटेका छन्–लीलामणि पोखरेल र राजेन्द्र पाण्डे । तर यसै गर्ने भनेर निर्णय भने गर्न सकिएको छैन–स्रोतले भन्यो । आयोगको निर्णय न्यायिक कम प्रशासनिक बढी भयो । विवादको हल खोज्ने दायित्व उसको हो तर आयोगले विवादलाई यथास्थितमा राख्ने नीति लियो ,त्यसले दुबै पक्षलाई घाटै हुन्छ ।
यसबारे छिनोफानो गर्न चाहेको भए आयोगले केन्द्रीय सदस्यलाई बोलाएर सनाखत गर्न सक्थ्यो र त्यसैका आधारमा निर्णय दिन सक्थ्यो , तर गरेन । किनभने यसो गर्दा ओलीलाई आधिकारिकता दिने कुनै ठाउँ नै थिएन । यस्तो अवस्थामा कसरी अगाडि बढ्ने भन्नेमा दुबै पक्ष अन्योलमै छन् । अब मुलुक दुईवटा विकल्पमा मात्रै छ । ओलीले गरेको विघटन सदर भयो भने चुनावमा जानेछ भने पुनस्र्थापना भयो भने राजनीतिक कोर्ष नै फेरिनेछ । यसैले कस्तो बाटो तय गर्ने भन्ने प्रष्ट हुन्छ । त्यसैले दुबै पक्षले सर्वाेच्च अदालतको निर्णयपछि मात्रै थप कदम चाल्ने रणनीति बनाएको बुझ्न सकिन्छ ।
कदाचित प्रतिनिधिसभा पुनस्थापना भयो भने ओलीमाथिको कारबाही यथावत् रहँदा विभाजनले औपचारिकता पाउने निश्चित हुन्छ । किनभने प्रचण्ड–माधव पक्षले ओलीमाथिको कारबाही फिर्ता लिने सम्भावना लगभग शून्य नै छ । कारबाही गरेको प्रधानमन्त्रीविरुद्ध आउने अविश्वास प्रस्ताव पारित गर्न खासै अफ्ठेरो पनि पर्दैन । साथै, पुनस्थापना हुँदा अहिले ओली पक्षमा देखिएका कतिपय सांसद् प्रचण्ड–माधव पक्षमा पुग्ने अवस्थाको आंकलन गरिएको छ ।
यसरी अपमानित भएर पार्टी भित्र बस्ने स्वभाव ओलीको होइन । त्यसैले उनले आफ्नै पहलमा पार्टी विभाजन गरेरै छाड्ने छन् । त्यसको आधार आयोगले नै निर्माण गर्ने छ । निर्वाचन हुने अवस्थामा फेरि दुबै पक्षले आधिकारिकता दाबी गर्नेछन् । त्यतिबेला आयोगले अहिलेजस्तो प्रशासनिक निर्णय गरेर अल्मल्याउन सक्दैन । एउटा निर्णय दिनैपर्छ । यस्तो अवस्थामा प्रचण्ड–माधव पक्षले नै आधिकारिकता पाउने लगभग निश्चित देखिन्छ ।
तर पुनस्थापना भएपनि चुनाव हुने अवस्था बनेन भने आयोगले पछिपनि यस्तै प्रशासनिक निर्णय गर्न सक्छ । कतिपयले अदालतले सदरै गरेपनि वैशाखमा चुनाव नहुने भविष्यवाणी गरिरहेका छन् । त्यस्तो स्थितिमा चाहिं आयोगको छलछाम र टालटुल यथावत रहन सक्छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार