जसले अध्यक्ष दिन्छ,त्यतै लाग्छुः गौतम
नेपालबहस संवाददाता
माघ १३, २०७७ मंगलबार २०:१५:२५
१३ माघ, काठमाडौं । अन्ततः वामदेव गौतमले आफ्नो अभिष्ट स्वीकारे– मलाई जसले अध्यक्ष बनाउँछ,उसैको साथमा रहने छु । आज पत्रकारहरुसँग कुरा गर्दै गौतमले मन भित्रको कुरा खोले । भने–मलाई केपी ओली वा पुष्पकमल दाहाल जुन समूहले अध्यक्ष दिन्छ उतै लाग्छु ।
हुनपनि गौतमको चरित्र त्यही नै हो । पार्टी एकताको रटान जतिसुकै लगाएपनि उनी पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने अभियानमै तल्लिन छन् ।
आजपनि पत्रकारहरुसँग कुरा गर्दा चाहिं गौतमले फेरि दोह¥याए – अध्यक्ष भएपछि त्यही पार्टीका तर्फबाट मेरो एकता अभियान अझै तीब्र हुनेछ । आफूले अहिले चलाएको एकता अभियानको अभिष्ट पनि त्यही हो भन्दै गौतमले भने–जुन समूहले अध्यक्ष बनाएपनि मैले गर्ने काम चाहिं पार्टी एकता नै हो ।
आफूले पार्टीमा गुटबन्दी नचलाएकैले अहिले कोही साथमा नरहेको प्रष्ट पार्दै गौतमले निर्वाचन आयोगलेसमेत आफ्नै धारणालाई बल पु¥याएकोमा सन्तोष प्रकट गरे । विगतमा आफूले तत्कालिन नेकपा एमाले र माओवादीबीच एकता गराएको स्मरण गर्दै उनले भने–अब पनि मैले नै ओली र प्रचण्डबीच फेरि एकता गराउने छु । तर मलाई अध्यक्ष चाहिं बनाउनु प¥यो । यसका लागि भोलिबाटै एकता अभियानको थालनी गर्न लागेको जानकारी उनले दिए ।
मलाई दुबै पक्षले आफ्नो पार्टीमा आउन निम्तो दिनुभएकोछ, तर म अध्यक्ष पाएमात्रै जाने नत्र एकता अभियान जारी राख्ने पक्षमा रहेको नेता गौतमले प्रष्ट्याए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीपको लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार