म्याग्दीमा मतदाता नामावली अद्यावधिककाे तयारी
नेपालबहस संवाददाता
माघ १३, २०७७ मंगलबार २१:७:१०
१३ माघ, बेनी । म्याग्दीमा आगामी आमनिर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक कार्यक्रम शुरुआत हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयले जिल्लाका सबै स्थानीय तहमा मतदाताको नामावली अद्यावधिक र दाबी विरोधका लागि कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
सरकारले मध्यावधि निर्वाचनको घोषणा गरेलगत्तै गत गत पुष ६ गतेदेखि मतदाता नामावली सङ्कलन कार्य स्थगित भएको र पुष ५ गतेसम्म सङ्कलित मतदाता नामावलीलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली कायम गरिने कार्यालयले जनाएको छ ।
जिल्लामा रहेका एक नगरपालिकासहित ६ स्थानीय तहमा मतदाताहरुको नामावली प्रकाशन गरिने र मतदाता नामावलीमा नाम, विवरण र दोहोरोपनमा देखिएका त्रुटि सच्च्याउने गरी अभियान सञ्चालन भएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए ।
प्रमुख नाम दर्ता अधिकारीसमेत रहेका निर्वाचन अधिकारी घिमिरेका अनुसार हरेक स्थानीय तहमा एक÷एकजना सहायक नाम दर्ता अधिकारी रहने व्यवस्थाअनुरुप जिल्लाका ६ वटै स्थानीय तहमा सहायक नाम दर्ता अधिकारीहरुलाई तालीम दिएर खटाइसकिएको छ ।
स्थानीय तहकै कार्यालयमा रहने सहायक नाम दर्ता अधिकारीको कार्यालयमा मतदाताहरुको नामावली टाँस गरिनेछ । उक्त नामावलीमा त्रुटि देखिएमा विवरण सच्च्याउन दरखास्त दिने, दोहोरो नाम भेटिएमा हटाउन निवेदन दिने, मृत्यु भएका र नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउन दाबी विरोध गर्न माघ १५ देखि १८ गतेसम्मको समय तोकिएको छ ।
मतदाता नामावली अद्यावधिक कार्यलाई प्रचारप्रसार र व्यापक बनाउनका लागि कार्यालयले आइतबार बेनीमा सरोकारवालासँग अन्तरक्रियासमेत गरेको छ । राजनैतिक दल, स्थानीय तहका जनप्रतिनिधि, नागरिक सङ्घ संस्थाका अगुवाहरुसँग कार्यालयले अन्तरक्रिया गरी अभियानका बारेमा जानकारी गराएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले मतदाता नामावलीलाई त्रुटिरहित बनाउँदै निर्वाचनमा मतदाताको अधिकारको सुनिश्चित गर्नका लागि मतदाता अद्यावधिक आवश्यक रहेकामा जोड दिनुभयो । त्यस्तै प्रजिअ उमाकान्त अधिकारीले मतदाता नामावलीको शुद्धताले निर्वाचन प्रणाली विश्वसनीय हुने बताए । उनले त्रुटिहरुले निर्वाचनमा विवाद हुने र स्वच्छतामा प्रश्न उठ्ने भएकाले अद्यावधिक कार्यक्रमलाई प्रभावकारी बनाउतर्फ सबै सरोकारवालाले ध्यान दिनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
बैशाख १४, २०८१ शुक्रबार
अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार
बैशाख १४, २०८१ शुक्रबार
शनिदेवको पूजामा गल्तीले पनि नगर्नुहोस् यी चिजको प्रयोग
बैशाख १४, २०८१ शुक्रबार
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
बैशाख १४, २०८१ शुक्रबार
२८ सहसचिव, ८ उपसचिव र ११ जना शाखा अधिकृतको सरुवा
बैशाख १४, २०८१ शुक्रबार
'डर्टी पिक्चर’ पछि विद्या बालनलाई चुरोटको लत
बैशाख १४, २०८१ शुक्रबार