आत्मवृत्तान्त जापानी भाषामा छापिँदै
नेपालबहस संवाददाता
माघ १३, २०७७ मंगलबार २२:२१:८
१३ माघ, काठमाडौं । बिपी विचार राष्ट्रिय समाज, जापानले बिपी कोइरालाको लोकप्रिय कृति ‘आत्मावृत्तान्त’ लाई जापानी भाषामा अनुवाद गरी जापानमा प्रकाशन गर्ने भएको छ ।
कृतिको प्रकाशनाधिकार (कपिराइट) रहेको संस्था जगदम्बा प्रकाशन, पाटनढोका ललितपुरले बिपी विचार राष्ट्रिय समाज, नेपालको अनुरोधमा बिपीको कृति ‘आत्मावृत्तान्त’ लाई जापानी भाषामा अनुवाद गरेर जापानमा प्रकाशित गर्न र बिक्री एवम् वितरण गर्न नियमानुसार स्वीकृति प्रदान गरेको छ ।
बिपी कोइरालाको कृतिहरूलाई भाषानुवाद गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्ने उद्देश्यले समाजको जापान शाखाले शाखाका संयोजक प्रा डा सुदीप अधिकारीको संयोजकत्वमा प्रा डा विश्वराज कँडेल, सल्जिता श्रेष्ठ सदस्य रहेको ‘बिपीका कृति अन्तर्राष्ट्रियकरण तथा व्यवस्थापन समिति’ गठन गरी प्रथम चरणमा बिपीको लोकप्रिय कृति ‘आत्मवृत्तान्त’ लाई जापानी भाषामा अनुवाद गरेको हो । अनुवादका लागि प्रा डा अधिकारीको संयोजकत्वमा चुवु विश्वविद्यालय, जापानका प्रा डा कँडेल र ढुङ्गेमूर्ति तथा नेपाली सम्पदा अनुसन्धानकर्ता जापानी नागरिक ताकाओ ऊ रहनुभएको तीन सदस्यीय ‘बिपीको आत्मवृत्तान्त अनुवाद तथा व्यवस्थापन उपसमिति’ गठन गरी काम अगाडि बढाइएको आत्मवृत्तान्त प्रकाशन समन्वय समितिका संयोजक लोकेश ढकालले राससलाई जानकारी दिनुभयो ।
बिपी विचार राष्ट्रिय समाज, नेपालको कार्यसमिति बैठकले कृति प्रकाशन र प्रकाशनाधिकार स्वीकृतिलगायत काममा नेपालका तर्फबाट आवश्यक सहयोग एवम् समन्वय गर्न समाजका संस्थापक केन्द्रीय सदस्य ढकाललाई संयोजक तोकिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार
चित्रकलामा भविष्य खोजिरहेकी निर्मला
बैशाख १३, २०८१ बिहिबार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार
पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
बैशाख १४, २०८१ शुक्रबार
बागलुङमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार