चोरी र बहुविवाह मुद्दाका फरार अपराधी पक्राउ
नेपालबहस संवाददाता
माघ १३, २०७७ मंगलबार २३:३८:३
१३ माघ, नेपालगञ्ज । चोरी र बहुविवाह मुद्दाका फरार दुई जना प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । बाँके जिल्ला अदालतबाट चोरी मुद्दामा २०७७ कात्तिक २२ गते एक वर्ष ११ महिना ३ दिनको सजाय पाएका प्रतिवादी मातादिन काँदुलाई प्रहरीले आज पक्राउ गरेको हो ।
बाँकेको जानकी गाउँपालिका–२ बस्ने ५१ वर्षीय काँदुलाई आजै जिल्ला अदालत बाँकेमा बुझाइएको छ । यसैगरी, बहुविवाह मुद्दामा २०७७ कात्तिक २० गते ११ महिना १२ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी बाँके खजुरा गाउँपालिका–२ उदरापुर बस्ने २१ वर्षीया बिनाकुमारी खटिकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
फरार अभियुक्त पक्राउ गर्ने अभियानअन्तर्गत हालसम्म बाँके प्रहरीले ५१२ फरार प्रतिवादीलाई पक्राउ गरिसकेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।
यसैबीच बाँके प्रहरीले एक ग्राम ब्राउसुगरसहित रझेना निवासी २२ वर्षीय होमबहादुर सार्कीलाई पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्जको जमुनहास्थित चेकपोष्टमा जाँचका क्रममा सार्कीलाई ब्राउन सुगर बरामद गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
बैशाख १४, २०८१ शुक्रबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा महिला पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार
धनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
बैशाख १४, २०८१ शुक्रबार
गणेशमान सिंह क्रिकेटमा सुदूरपश्चिम विजयी
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार