स्वास्थकर्मीबाट कोरोना खोप लगाउन सुरु
नेपालबहस संवाददाता
माघ १४, २०७७ बुधबार १७:१०:०
१४ माघ, काठमाडौं । नेपालमा कोरोनासंक्रमणविरुद्धको खोप अभियान आजबाट सुरु भएकोछ । पहिलो चरण अन्तर्गत आज स्वास्थकर्मी, सुरक्षाकर्मी र सरसफाईको काममा संलग्नहरुलाई दिइनेछ ।
अभियानको थालनी प्रधानमन्त्री केपी ओलीले सरकारी निवासबाटै भर्चअल माध्यमबाट गरे । अभियानको थालनी राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देशबाट गरिएको थियो ।
आजबाट देशैभरि थालिएको यस अभियान अन्तर्गत राजधानीका विभिन्न ११ वटा अस्पतालमा खोप सुरु भएकोछ । जसमा टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुरस्थित आयुुर्वेद अनुुसन्धान तथा तालिम केन्द्र, पाटन अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल,महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल,भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण अस्पताल, जोरपाटीस्थित नेपाल मेडिकल कलेज, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र बाँसबारीस्थित शहिद गंगालाल अस्पतालमा यो सेवा सुरु गरिएको छ ।
उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै स्वास्थ मन्त्री हृदयेश त्रिपाठीले आज १२ हजार स्वास्थकर्मीलाई यो खोप दिइने जानकारी दिए । पहिलो चरणको यो अभियान १० दिनसम्म सञ्चालन हुनेछ । हाल भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोप दिइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१ मंगलबार
पर्यटन महोत्सवको अवसरमा डोको र टपरी बुन्ने प्रतियोगिता हुने
जेठ १, २०८१ मंगलबार
शिक्षकले महिनामै तलब पाउने, दलको सदस्य हुन नपाउने कानुनी व्यवस्थामा कडाई गरिने
जेठ १, २०८१ मंगलबार
विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने
जेठ १, २०८१ मंगलबार