आइतबार , फागुण २३, २०७७

लघुवित्तले पायो ४ करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने अनुमति

लघुवित्तले पायो ४ करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने अनुमति

१४ माघ, काठमाडौं । महिला लघुवित्तले आईपीओ निष्काशनको अनुमति पाएको छ । लघुवित्तले धितोपत्र बोर्डबाट माघ १० गते ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो ।

कम्पनीले प्रति शेयर अंकित मूल्य १०० दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कम्पनीले आईपीओ निष्काशन तथा विक्री प्रबन्धका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको छ । आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय