दुर्घटना न्यूनीकरण गर्न सडकमा ट्राफिक कोन
नेपालबहस संवाददाता
माघ १४, २०७७ बिहिबार १:४३:३४
१४ माघ, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, स्थानीय तह तथा विभिन्न सङ्घ संस्थासँगको समन्वयमा सवारी दुर्घटना न्यूनीकरण गर्न सडकमा टल्कने ट्राफिक कोन राखेको छ । महाशाखाले काठमाडौं उपत्यकाको चक्रपथभित्र आठ तथा चक्रपथ बाहिरका २६ स्थान गरी बढी दुर्घटना हुने ३३ स्थानसमेत पहिचान गरेको हाे ।
ती स्थानका सडकमा विशेष गरी रातको समयमा सडकबत्ती नहुँदा अँध्यारोका कारण जेब्राक्रसिङ तथा जथाभावी बाटो काट्ने पैदलयात्री र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले तीव्र गतिका कारण हुने दुर्घटना न्यूनीकरण गर्न बढी दुर्घटना हुने स्थानमा रातको समयमा समेत टल्कने कोनद्वारा स्पिड ब्रेकर बनाई गति नियन्त्रण गरिएको जानकारी दिए । उनका अनुसार यस्ता कोन उपत्यकाको विभिन्न सडकखण्डमा ४३० थान राखिएको छ ।
एयरपोर्ट गेट, कार्गो, तिलगङ्गा, बालकुमारी, भाटभटेनी ओराला, बल्खु चोक, सीतापम्प, खसीबजार, सीतापाइला उकालो, बाफल, सानो भ¥याङ, वनस्थली, बबरमहललगायतको सडकखण्डमा ट्राफिक कोन राखिएको र यसलाई पछिसम्म निरन्तरता दिइने महाशाखाले जनाएको छ ।
यसअघि पनि महाशाखाले ललितपुर महानगरपालिकासँग समन्वय गरी यही पुस १३ गते बालकुमारीदेखि सानेपासम्मका विभिन्न १३ स्थानमा २०० थान ट्राफिक कोन राखेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा, काठमाडौंमा रजौरे र अपराध महाशाखामा भट्टराई
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार