उपल्लो डोल्पा जिम्बु, भोटेजिराको लोभलाग्दो व्यापार
नेपालबहस संवाददाता
माघ १५, २०७७ बिहिबार १४:२२:२
१५ माघ, जाजरकोट । कोभिडका कारण यार्सागुम्बा सङ्कलन गर्नबाट वञ्चित भएका उपल्लो डोल्पाका सर्वसाधारण जिम्बु, भोटेजिराको व्यापारका लागि बेँसी झरेका छन् । चिसो मौसमलाई तह लगाउन तल्लो क्षेत्र झरेका उपल्लो डोल्पाका स्थानीयवासी जिम्बु, भोटेजिराको व्यापारबाट अर्थ सङ्कलन गरिरहेका हुन् । उपल्लो डोल्पाको पाटनमा पाइने यो सुगन्धवाला खरबाट जिम्बु, भोटेजिरा उत्पादन हुने गर्दछ ।
जाजरकोटको बारेकोट गाउँपालिकाको अग्ला हिमालमा यो पाइने भए पनि डोल्पाको जति राम्रो नभएको बारेकोट–५ का जनकबहादुर शाहीले जानकारी दिए । खेतबारीमा खाद्यान्न उत्पादन नहुने भएकाले जङ्गलमा उत्पादन हुने जडीबुटी सङ्कलन गरेर बिक्री गरी आएको पैसाले दैनिक पारिवारिक समस्या समाधान गर्दै आएको इमान गुरुङले बताए । गुरुङजस्तै वडा नं ७ का सार्के वैजु श्रीमतीसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जिम्बु बिक्री गरिरहेका छन् ।
दुई छोरा काठमाडौँमा पढाउँदै आएका वैजु बर्सेनि जिम्बु बिक्री गरी भएको आम्दानीले छोराको पढाइ खर्च जुटाउँदै आएको बताउछन । अहिले जेठो १० र कान्छो ७ कक्षामा काठमाडौँ पढ्दैछन् । जिम्बु, भोटेजिरा बिक्री गरेर आएको पैसाबाट पढाइ खर्च पठाइरहेको उनको भनाइ छ । उपल्लो डोल्पाबाट दुनैसम्म पिठ्यूँमा बोकेर ल्याएको जिम्बु, सिमीलगायतका बस्तु दुनैबाट ट्र्याक्टरमा राखेर कर्णाली प्रदेश र अन्य ठाउँमा निर्यात गरिँदै आएको उनको भनाइ थियो । उपल्लो डोल्पाको हिमाली भागमा चौँरी पाटनमा उम्रिने यो जिम्बु दाल तथा तरकारीमा राख्दा बास्नादार हुने भएकाले अत्यधिक प्रयोग हुँदै आएको छ ।
उपल्लो डोल्पाका सबै स्थानीय तहको जङ्गलमा पाइने यो बास्नादारा जिम्बु देशका अन्य ठाउँमा अत्यधिक माग हुने गरेको छ । यहाँका स्थानीयवासी जङ्गलमा पाइने जिम्बु सित्तैमा सङ्कलन गरी आर्थिक उपार्जनको राम्रो माध्यम बनाउँदै आएका छन् ।
भौगोलिकरूपमा सडक सञ्जालसँग नजोडिएका डोल्पो बुद्ध, शेफोक्सुण्डो, छार्काताङसुङ गाउँपालिकाका पाटनमा जिम्बु पाइन्छ । यहाँका अधिकांश स्थानीयवासी जिम्बु सङ्कलन गरेर बाहिरी जिल्लामा पुगेर बिक्री गर्छन् । जिम्बु प्रतिमाना ५० मा बिक्री हुन्छ । असोज कात्तिक महिनामा पाटन क्षेत्रमा जिम्बु सुक्ने भएकाले सोही समयमा पाटन पुगेर जिम्बु टिप्ने गरिन्छ । बालबालिकादेखि सबै उमेरका स्थानीयवासी जिम्बु टिपेर अर्थ उर्पाजनमा संलग्न हुन्छन् ।
जिम्बु बेचेर कतिपयले राम्रो आम्दानी गर्दै आएको फोक्सुण्डो गाउँपालिकाका प्रशासकीय अधिकृत विष्णु न्यौपानेले जानकारी दिए । कर लगाउने भने पनि ठूलो मात्रामा व्यावसायिक अभ्यास शुरु नभएका कारण करको दायरामा ल्याउन अझै समय लाग्ने न्यौपानेको भनाइ छ ।
उपल्लो डोल्पाका सबै स्थानीय तहमा पाइने भोटे जिरा ‘पोट्का’ को माग अत्यधिक हुने गरेको छ । तरकारी, मासु र चटनीमा अत्यधिकरुपमा प्रयोग हुने भोटेजिरा उपल्लो डोल्पाको पाटनमा पाइन्छ । प्रतिकेजी ५०० देखि ७०० सम्म पर्ने यो भोटे जिरा ‘अर्गानिक’ मानिन्छ । स्थानीयवासीले भदौ महिनाको तेस्रो सातातिर भोटे जिरा सङ्कलन गर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलजलामा ७५ हेक्टरमा सुन्तलाजन्य फलफूल विस्तार गरिने
बैशाख ३०, २०८१ आइतबार
लामो समयपछिको वर्षाले किसानलाई राहत
बैशाख ३०, २०८१ आइतबार
किसानलाई अनुदानमा मौरीसहितका घार वितरण
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
वर्षौँदेखि उज्यालोको पखाईमा धैनकोट गाउँ
बैशाख ३१, २०८१ सोमबार
वैशाखमामा डढेलो तथा आगलागीमा परी देशभर २६ जनाको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
बैशाख ३१, २०८१ सोमबार
कांग्रेसको माग सम्बोधन हुनेगरी आजको छलफललाई टुंगोमा पुर्याउने प्रयासमा प्रधानमन्त्री
बैशाख ३१, २०८१ सोमबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज
बैशाख ३१, २०८१ सोमबार
आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने
बैशाख ३१, २०८१ सोमबार