शनिबार , जेठ १, २०७८

वालिङ नगरपालिका र ‘युएनडीपी’ बीच साझेदारीः स्थानिय उत्पादन ट्रान्सपोटेसनको लागि व्यवस्थित च्यानलको शुरुवात

वालिङ नगरपालिका र ‘युएनडीपी’ बीच साझेदारीः स्थानिय उत्पादन ट्रान्सपोटेसनको लागि व्यवस्थित च्यानलको शुरुवात

१५ माघ, वालिङ । वालिङमा उत्पादित बस्तुहरुलाई बजार सम्म पुर्योउनका लागि संस्थागत शुरुवात् गरिएको छ । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडीपी) साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा स्थापना गरिएको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामार्फत उत्पादित बस्तुहरुलाई बजारसम्म पुर्याउने कार्यको शुरुवात गरिएको हो ।

बिहीबार एक कार्यक्रमको आयोजना गर्दै व्यवस्थित बजारको च्यानल सञ्चालन गर्ने संस्थाको शुभारम्भ गरिएको हो । कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका नगरप्रमुख दीलिपप्रताप खाँणले गाँउ गाँउमा उत्पादन हुने कृषि उपज तथा अन्य सामाग्रीहरु व्यवस्थित रुपमा बजारसम्म लगिने जानकारी दिए । उनले भने, “गाँउ गाँउमा गठन भएका बिषयगत सहकारी तथा संकलन केन्द्रको समन्वयमा वस्तुहरु बजारसम्म लगिने छ ।”

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कृषि र उद्यमको बिकास बिना आर्थिक उन्नती नहुने भन्दै नगरप्रमुख खाँणले गाँउगाँउमा उत्पादन बढाउने गरी नगरपालिकाले काम अगाडि बढाएको बताए ।

वव

कोभिडबाट प्रभावित भएका र बिदेशमा रोजगारी गुमाएर आएकाहरुलाई उत्पादनमा जोड्ने गरी गतिबिधि सञ्चालन भईरहेको जानकारी गराउदै नगरप्रमुख खाँणले नागरिकहरुलाई स्वदेशमा नै आत्मनिर्भर बनाउने प्रतिवद्धता व्यक्त गरे ।

सञ्चालनमा आएको व्यवस्थित बजारको च्यानलको संस्थालाई स्थानीय सरकारले निरन्तर सहयोग गर्ने उनको भनाई छ । कार्यक्रममा बोल्दैै युएनडीपी नेपालका गण्डकी र लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले सबैको ध्यान उत्पादनमा जानु पर्ने बताए । उनले भने, उत्पादन र उत्पादकत्वको बृद्धि बिना समग्र आर्थिक बिकास असम्भव छ ।

दीगो विकासको स्थानीयकरण अन्तरगत सञ्चालनमा ल्याइएको सहकारी संस्थालाई शुभमकाना दिदै प्रमुख अर्यालले कृषक र उद्यमीको आर्थिक स्तरमा बृद्धि गराउनमा महत्वपूर्ण भूमिका खेल्ने बिश्वास व्यक्त गरे ।

कुन ठाँउमा कति उत्पादन हुन्छ,कसरी उत्पादन बृद्धि गर्न सकिन्छ,कसरी र कहिले सुरक्षित तरिकाबाट उत्पादित बस्तुहरुलाई बजार सम्म लैजान सकिन्छ भन्नेमा दीर्घकालिन योजना बनाउन प्रमुख अर्यालको सुझाव छ । उनले युएनडीपीको तर्फबाट दीर्घकालिन र प्रभावकारी योजना बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दीगो बिकासको स्थानीयकरणको कार्यक्रम समेत हस्तान्तरण गर्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले ९ महिनाको अवधीमा दुई हजार ६ सय सात जनालाई तालिम प्रदान गरिएको जानकारी दिए । उनले  ३० बिधामा ६९ वटा तालिमका कक्षा सञ्चालन गरिएको बताए ।

जज

सो अवधीमा एक सय ५० वटा बिषयगत सहकारीको स्थापना, वडा स्तरमा संकलन केन्द्र सञ्चालनमा ल्याएको बताए । त्यस्तै एक हजार भन्दा धेरै उद्यमीहरुको कोडिङ तथा व्यवस्थित सूचना प्रणाली मार्फत कृषक तथा उद्यमीहरुको अभिलेख राखि उत्पादनमा जोड्ने काम गरिएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ल्याप्टेन याम बहादुर गुरुङले वालिङका उद्यमी तथा कृषकहरुले उत्पादन गरेका सामाग्रीहरु सहजरुपमा बजारसम्म पुर्याउने र उनीहरुको आर्थिक स्तरमा बृद्धि ल्याउने गरी योजना निर्माण गरी अगाडि बढिने स्पष्ट पारे ।

कार्यक्रममा रेडियो आँधीखोलाका अध्यक्ष नेत्र प्रसाद पाण्डे, राष्ट्रिय सहकारी बैंकका टिकाराम अधिकारी, युएसएआईडी सुआहाराका अर्जुन सुवेदी, महिला उद्यमी दुर्गा न्यौपाने लगायतले बोलेका थिए ।

दियालो संस्थाका अध्यक्ष कविता तिवारीको सभापत्विमा सम्पन्न भएको कार्यक्रम दियालो संस्थाका सहसचिव सीता पंगेनीको स्वागत र सचिव सीता गैह्रे गौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

११ करोडको शेयरपूँजी रहने सहकारीले कृषक र उद्यमीको बचत अभियान समेत सञ्चालन गर्ने भएको । संस्थाको उद्घाटनको दिन बिभिन्न क्षेत्रका उद्यमी र कृषकहरुले गरी १ करोड ५० लाख बचत जम्मा गरेको संस्थाका प्रवन्धक बिशाल बगालेले जानकारी दिए ।

नन

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय