भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड भन्दा बढी
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार १९:३२:३५
१६ माघ, नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या बिहीबारसम्म एक करोड सात लाख २० हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १८ हजार ८५५ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड सात लाख २० हजार ४८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
गत २४ मा भारतमा कोरोना संक्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५४ हजार १० जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड तीन लाख ९४ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ७१ हजार ६८६ सक्रिय संक्रमित रहेका छन् ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीबार १९९ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र ६ जनाको मृत्यु भएको छ । भारतमा कोभिड-१९ शुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ८३५ को मृत्यु भइसकेको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर १९ करोड ५० लाख ८१ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बिहीबार एकै दिनमा मात्र सात लाख ४२ हजार ३०६ जनाको कोभिड-१९ परीक्षण गरेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश
बैशाख २४, २०८१ सोमबार
भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द
बैशाख २४, २०८१ सोमबार
दक्षिणी गाजाको रफाहबाट इजरायली सेनाले मानिसहरू बाहिर निकाल्न थाल्यो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार
राजदूत प्रा. खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार