ओली आज चितवनमा
नेपालबहस संवाददाता
माघ १७, २०७७ शनिबार १८:१:८
१७ माघ, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली आज चितवन गएका छन् । नेकपा ओली समूहद्वारा भरतपुरमा आयोजना गरिने ‘जनसभा’लाई सम्बोधन गर्न र सिटी हलको शिलान्यास गर्न प्रधानमन्त्री ओली चितवन गएका हुन् ।
शनिबार दिउँसो साढे १२ बजे नेकपाको चितवन जिल्ला कमिटीले भरतपुरस्थित ‘केन्द्रीय बस टर्मिनल’ मा कार्यकर्ता भेला तथा जनसभा आयोजना गरेको छ । उक्त भेलारसभालाई प्रधानन्त्रीस ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सभामा सम्बोधनअघि प्रधानमन्त्री ओलीले भरतपुरमा बन्न लागेको सिटी हलको शिलान्यास गर्ने बताइएको छ । साथै भरतपुरको पुल्चोक-गोन्द्राङ सडक ६ लेनमा विस्तार गर्ने कार्यको पनि उनले शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।
नेकपा ‘ओली समूह’ चितवनले प्रधानमन्त्रीद्वारा सम्बोधन हुने कार्यक्रममा भरतपुर र वरपरका गाउँगाउँबाट समेत कार्यकर्ता तथा जनसाधारणलाइ भेला गराउने तयारी थालेको बताइएको छ ।
पछिल्लो समय प्रधानमन्त्रीले संसद विघटन गरेर चुनावमा जाने निर्णय गरेसँगै नेकपामा विभाजन देखापरेको छ भने प्रधानमन्त्री ओली संगठन निर्माण र चलायमान बनाउन विभिन्न भेला तथा सभामा सम्बोधनमा सक्रिय रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोली मतदान हुने इलाम र बझाङमा सबै सवारीसाधन निर्वाध चल्न दिने आयोगको निर्णय
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्री दाहाल मोरङमा
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
सल्यानटारका विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युत्तीय कार
बैशाख १४, २०८१ शुक्रबार
भोली मतदान हुने इलाम र बझाङमा सबै सवारीसाधन निर्वाध चल्न दिने आयोगको निर्णय
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम
बैशाख १४, २०८१ शुक्रबार
७७ वटै जिप्रकालाई गृहको पत्र, ‘रूग्ण र अलपत्र आयोजनाको विवरण पठाउनू’
बैशाख १४, २०८१ शुक्रबार
राजधानीको सुन्दरता बढाउने फूल ज्याकारान्डा ( फोटोफिचर )
बैशाख १४, २०८१ शुक्रबार
धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
बैशाख १४, २०८१ शुक्रबार