मदन–आश्रित स्मृतिपार्कमा वृक्षरोण
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार १५:४९:५३
१९ माघ,गण्डकी । पोखरा महानगरपालिका–१७ रातोपैह्रास्थित मदन आश्रिम स्मृतिपार्कमा आज वृक्षरोपण गरिएको छ । पोखरा महानगरपालिकाको लगभग तीन रोपनी क्षेत्रफलको सो जग्गामा मानगोट्रीका १० वटा बिरुवा रोपिएको हो ।
स्थानीय मदन आश्रित टोल विकास संस्थाद्वारा आयोजित सो कार्यक्रममा पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीले वृक्षरोपण गर्दै वडाको खानेपानी, शिक्षा, सडक स्वास्थ्य र विद्युतीकरणमा जोड दिँदै आएको बताएका थिए ।
निर्वाचित जनप्रतिनिधिको साढे तीन वर्षको अवधिमा वडाभित्र ४६ किलोमिटर खानेपानीको पाइप विस्तार तथा ५१ किलोमिटर सडक निर्माण गरिएको जानकारी दिँदै उनले विकास निर्माणमा स्थानीय बासिन्दासहित तीनै तहका सरकारको साथ र सहयोगको आवश्यकता रहेको बताएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा पोखरा १७ का अध्यक्ष सुभाष ढुङ्गानाले मदन–आश्रित स्मृति पार्कको विकाससँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै पार्कमा आवश्यक पूर्वाधार निर्माणका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
बागमती प्रदेशले वैशाख २४ गते किन दियो सार्वजनिक बिदा ?
बैशाख १४, २०८१ शुक्रबार
सिसै सिसाको प्रतिक्षालय हेर्दा निकै सुन्दर ( फोटो फिचर )
बैशाख १४, २०८१ शुक्रबार
सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै
बैशाख १४, २०८१ शुक्रबार
पर्याप्त बजेट नहुँदा सेती लोकमार्ग निर्माणमा ढिलाइ
बैशाख १४, २०८१ शुक्रबार
सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती
बैशाख १४, २०८१ शुक्रबार
भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि !
बैशाख १४, २०८१ शुक्रबार