प्रभावकारी शिक्षाका लागि अधिकारकर्मीहरुको अभियान
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार १९:५२:४१
१९ माघ,नगरकोट । अधिकारकर्मी र शैक्षिक अभियानकर्मीले संविधानको मौलिक हकमा रहेको शिक्षा अधिकारको व्यावहारिक कार्यान्वयनका लागि सरकार र नागरिक समाजको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् ।
अधिकार अनुगमन समिति एजुकेशन वाच ग्रुप र लुनिभाः बाल सरोकार समूहको आयोजनामा शिक्षा अधिकारको अभियानमा क्षमता अभिवृद्धि विषयमा आजदेखि शुरु भएको त्रिदिवसीय राष्ट्रिय कार्यशालामा सहभागीहरुले सङ्घीय शिक्षा ऐन चाँडो ल्याइनुपर्नेमा जोड दिएका छन् ।
शिक्षा अधिकारका लागि नागरिक संस्था सामूहिकतामा आउनुपर्ने, शिक्षामा बजेट वृद्धि गरिनुपर्ने, शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता लागू हुनुपर्ने र सूचना तथा सञ्चारको उपयोग गर्दै बालमैत्री शिक्षाको सुनिश्चित हुनुपर्ने उनीहरुको माग रहेको छ ।
सन् २०१५ मा शुरु भएको शैक्षिक अभियान हाल प्रदेशगत तहमा विस्तारको क्रममा रहेकाले शैक्षिक संस्थाहरुसँग सहकार्य वृद्धि गरिने अभियानकर्मीले बताएका छन् । त्यस्तै उनीहरुले संविधानमा प्रबन्ध गरिएको माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवहारतः कार्यान्वयन नभएकाले नागरिक संस्थाले निरन्तर दबाब दिनुपर्ने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेसहाराको आश्रयस्थल बन्दै बालगृह
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
बैशाख ३०, २०८१ आइतबार
चतराधाम पूर्णमहाकुम्भ मेला अवधिमा ३५ जनाको उद्धार, तीन हजारको उपचार
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार