महिलालाई बाख्रापालनका लागि अनुदान
नेपालबहस संवाददाता
माघ २०, २०७७ मंगलबार १३:३८:२४
२० माघ, कञ्चनपुर । विपन्न परिवारका महिलालाई आर्थिकरूपमा सवल बनाई घरेलु हिंसा न्यूनीकरणमा सघाउ पुर्याउनका लागि शुक्लाफाँटा नगरपालिकाका ५० महिलालाई बाख्रापालनका लागि अनुदान रकम उपलब्ध गराइएको छ ।
नगरपालिकाको वडा नं २ र १२ का महिलालाई सीप तथा व्यावसायिक विकासका लागि बाख्रापालनसम्बन्धी सातदिने तालिम उपलब्ध गराई अनुदान रकम उपलब्ध गराइएको हो । तालिममा सहभागी भएका महिलालाई रु तीन हजारका दरले अनुदान रकम उपलब्ध गराइएको छ । आधा रकम नगरपालिकाको महिला शाखाले र आधा रकम तालिममा सहभागी महिलाले बाख्रापालनका लागि व्यहोर्ने सहमति गरिएको छ ।
“महिला आर्थिकरूपमा सक्षम भए घरेलु हिंसाका घटना कम हुन्छन्”, नगरपालिकाको महिला शाखाका प्रमुख कमला जोशीले भनिन, “महिलालाई आर्थिकरूपमा सक्षम बनाउनकै लागि सातदिने तालिमसँगै अनुदान रकम उपलब्ध गराएका छौँ”, नगरपालिकाको दुवै वडाका २५÷२५ महिलालाई छुट्टाछुट्टैरूपमा तालिम प्रदान गरिएको उनले बताइन ।
घरेलु हिंसा न्यूनीकरणमा सघाउ पुर्याउनुका साथै महिलाको सामाजिक, आर्थिक अवस्था सुदृढ गर्ने, बचत बढाउनका लागि सीप क्षमताको विकास गर्ने र उत्पादनशील क्षेत्रमा पूँजी परिचालन गर्नका लागि उत्प्रेरित गर्न तालिमसँगै अनुदान रकम दिइएको उनको भनाइ छ । नगरपालिकाको महिला शाखाले गठन गरेका महिला विकास समिति, संस्था र समूहमा आवद्ध महिलाले अनुदान रकम पाएका छन् ।
पशु शाखाका पशु विकास अधिकृत रामदत्त भट्टले सातदिने तालिमका क्रममा महिलालाई उन्नत बाख्रपालनसँगै खोर सुधारबारे जानकारी दिइएको बताइन। “व्यवसाय प्रवद्र्धन गर्नका लागि आवश्यक पर्ने सीपसमेत महिलालाई सिकाएका छौँ”, उनले भनिन, “बाख्रापलनमा संलग्न हुने महिलालाई आहार व्यवस्थापनबारे समेत जानकारी दिइएको छ ।”
“हाडनाताबाट जन्मने बाख्रा ख्याउटे हुने, गर्भ तुहिने र वृद्धि विकाससमेत कम हुने भएकाले क्रस ब्रिडिङ गराउनुपर्ने कुरा सिकाएका छौँ”, उनले भनिन, “सन्तुलित घाँस व्यवस्थापन गर्नका लागि डालेघाँस, कोशे–अकोशे जातका घाँस लगाउनुपर्ने र सन्तुलित दाना बाख्रलाई खुवाउनुपर्ने कुरा तालिमका क्रममा बताएका छौँ ।” दुवै वडाका महिलालाई रु एक लाख ५० हजार रकम अनुदानका रूपमा दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलजलामा ७५ हेक्टरमा सुन्तलाजन्य फलफूल विस्तार गरिने
बैशाख ३०, २०८१ आइतबार
लामो समयपछिको वर्षाले किसानलाई राहत
बैशाख ३०, २०८१ आइतबार
किसानलाई अनुदानमा मौरीसहितका घार वितरण
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
बैशाख ३१, २०८१ सोमबार
सत्ता गठबन्धन फेरिन सक्छः नेपाल
बैशाख ३१, २०८१ सोमबार
टर्की पठाउने भन्दै ४ करोड ३४ लाख रूपैयाँ ठगी गर्ने पक्राउ
बैशाख ३१, २०८१ सोमबार
देउवा र लामिछानेलाई सभामुखले भनेः आजै मिल्नुस
बैशाख ३१, २०८१ सोमबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
आगलागी नियन्त्रणमा पूर्वतयारी
बैशाख ३१, २०८१ सोमबार