संयुक्त राष्ट्र संघले सुरक्षा परिषदको आपतकालिन बैठक बोलाए
नेपालबहस संवाददाता
माघ २०, २०७७ मंगलबार १६:४१:३५
२० माघ, एजेन्सी । म्यानमारमा सेनाले सत्ता हातमा लिएको विषयमा छलफल गर्न संयुक्त राष्ट्र संघले सुरक्षा परिषदको आपतकालिन बैठक बोलाएको छ । राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले म्यानमारमा सेनाले गरेको ‘कु’ का विषयमा छलफल गर्न मंगलबार सुरक्षा परिषदको आपतकालिन बैठक बोलाएका हुन् ।
सुरक्षा परिषदमा अमेरिका, चीन, रुस, फ्रान्स, बेलायतलगायतका देश छन् । अमेरिका र बेलायतले म्यानमारमा सेनाले गरेको ‘कू’ को विरोध गरेका छन् । तर अहिलेसम्म चीन र रुसले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।
अमेरिकी राष्ट्रपति बाइडनले सेनाले सत्ता नछाडे कडा कदम चाल्ने चेतावनी दिइसकेका छन् । तर चीन र रुस भने अमेरिकी कदमको विरोधमा उभिदै आएका छन् । सुरक्षा परिषदको बैठकमा चीन र रुसले म्यानमारमा सेनाले उठाएको कदमको समर्थन गर्छन् या विरोध रु हेर्न बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
बैशाख १४, २०८१ शुक्रबार
विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन
बैशाख १४, २०८१ शुक्रबार
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशले वैशाख २४ गते किन दियो सार्वजनिक बिदा ?
बैशाख १४, २०८१ शुक्रबार
सिसै सिसाको प्रतिक्षालय हेर्दा निकै सुन्दर ( फोटो फिचर )
बैशाख १४, २०८१ शुक्रबार
सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै
बैशाख १४, २०८१ शुक्रबार
पर्याप्त बजेट नहुँदा सेती लोकमार्ग निर्माणमा ढिलाइ
बैशाख १४, २०८१ शुक्रबार
सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती
बैशाख १४, २०८१ शुक्रबार
भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि !
बैशाख १४, २०८१ शुक्रबार