महिला लिग फुटबलमा वालिङको सहज जित
नेपालबहस संवाददाता
माघ २०, २०७७ मंगलबार २३:१४:७
२० माघ, काठमाडौं । स्याङ्गजाको वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा चन्द्रपुर नगरपालिकालाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा वालिङले चन्द्रपुरलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
वालिङको जितमा मेथो रुथले दुई गोल गरिन् । यस्तै टोउटा ओर्नेलाले एक गोल थपिन् । खेलको ३७ औं मिनेटमा क्यामरुनी खेलाडी ओर्नेलाले फ्रिकिकबाट गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् ।
खेलको ४५ औं मिनेटमा क्यामरुनकै रुथले गोल गर्दा वालिङ २-० ले अघि रह्यो । त्यसपछि खेलको ५४ औं मिनेटमा रुथले व्यक्तिगत दोस्रो गोल गर्दै वालिङलाई ३-० को सहज जित दिलाईन् ।
वालिङको यो लिगमा दोस्रो जित हो । जितसंगै वालिङले ६ खेलमा ८ अंक जोडेको छ । वालिङ चौंथो स्थानमा उक्लिएको छ । चन्द्रपुरले ६ खेलमा ३ अंक जोडेको छ । चन्द्रपुरको यो पाँचौ हार हो । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार